सिता बन्जाडे भुषाल
शिक्षक : शिवमदन माध्यमिक विद्यालय , पाणिनि – ७, सतिनेटा , अर्घाखाँची
हरेक पेशालाई जन्माउने शिक्षण पेशालाई सबैले तल्लो स्तरमा राखेको राज्य देखि अभिभावकहरुको ब्यावहारहरुबाट अबलम्वन गरेका क्षणहरु सायद हरेक शिक्षण पेशासँग आवद्ध ब्याक्तिहरको चिन्तनको विषय बन्नु स्वभाविक नै होला ।
विद्यार्थीको नतिजाका आधारमा शिक्षकको मुल्यांकन गर्दा चाहिदा नचाहिदा आरोप प्रत्यारोपहरु हरेक मानिसका बोलाई र लेखाइहरुबाट प्रस्तुत भएका ज्वलन्त उदाहरण हाम्रो सामु प्रतक्ष्य छदैछ ।हरेक पेशालाई जन्माउने शिक्षण पेशालाई सबैले तल्लो स्तरमा राखेको राज्य देखि अभिभावकहरुको ब्यावहारहरुबाट अबलम्वन गरेका क्षणहरु सायद हरेक शिक्षण पेशासँग आवद्ध ब्याक्तिहरको चिन्तनको विषय बन्नु स्वभाविक नै होला ।
जोस रजागरका साथमा शिक्षक सेवा आयोगबाट नियुक्त भएर कक्षाकोठामा पुगि आ आफ्ना सिप र क्षमतालाई बालवालिकाको मन मस्तिष्कमा सकारात्मक परिवर्तनका लागि ब्यावहारहरु भर्दै जादा शिक्षण पेशालाई राम्रो पेशाका रुपमा स्यम शिक्षक नै नकारात्मक वकालत गर्नुपर्ने अवस्था छ भन्न प्रशस्त हाम्रै ब्यावहार काफि छन् । अनि कसरि सदादिन कक्षाकोठाका वातावरणमा रम्ने र सिकाउने सिकारुप्रेमि मनोरम दृष्यको परिकल्पना सम्भव छ त र ?
भनिन्छ दुई हातका दश औला र हत्केलाविना तालि नि बज्दैन त्यस्तै हरेक क्षण क्षणमा बिद्यार्थी उपलब्धि अंकका आधारमा मात्र गुणस्तरिय शिक्षा दाँजेर सम्भव छ र हरेक दोष भरि शिक्षकका नाममा दर्ता गर्न मिल्छ र ? शिक्षाको सुधार र समृद्धि शिक्षको विकासका लागि शिक्षकलाई मात्र दोसारोपण गरेर केहि होला जस्तो लाग्दैन । हरेक पेशाबरहरुलाई तुलना गरौ , कामको मुल्यांकन गरौ अनि समिक्षा पनि । आ आफ्नो क्षेत्रमा अब्वल ब्याक्तित्वहरुलाई हेरौ , एउटा निजामति उपसचिव , सचिवलाई हेरौ र एउटा प्रथम श्रेण्किो माध्यमिक तहको शिक्षकलाइ हेरौ कति सम्म विभेद छ रु नेपाल राज्यले गर्ने ब्यावहारहरु पचाउन मिल्ने छन् त र ?
विद्यालयमा पुगेर शिक्षकलाई शिक्षकप्रेमि वातावरणको खाँचो छ वा छैन त रु विद्यालयको वातावरणमा त उसको अस्थित्वलाई वचावट गर्ने वातावरण राज्यको मापदण्ड भित्र अटाउन सक्दैन भने अरु के नै आशा गर्न सकिन्छ र र ?राष्ट्र सेवामा समर्पित भएर उसलाइृ सजिलो बन्ने ज्ञानका कुराहरु राम्रो सँग लेख्ने सुनाउने ठाँउ सम्मको ब्यावस्थाबाट बञ्चित धेरै विद्यालयहरु नेपाली परिवेशमा अझै पनि विद्यमान नै छन् । जति विद्यार्थीहरुलाई सिकारुप्रेमि वातावरणको खाँचोलाई वर्तमान अवस्थामा महत्वपुर्ण मानिन्छ , शिक्षकलाई पनि त्यतिकै प्रोत्साहित हुने वातावरणको सृजनामा जोड आजको आवस्यकता हो । मान मर्यादाक्रम , सम्मानजनक ब्यावहार, ज्ञान , क्षमता र सिपलाइृ अभिवृद्धि गर्ने तालिम , प्रविधि र सेवा सुविधाहरुको विस्तारबाट सिकारुप्रेमि गुणस्तरिय सिकाइमा अग्रसर हुने माध्यम सृजना गर्नु अति आवस्यक देखिन्छ ।
शिक्षक आफैमा श्रेयता छ नै त्यसैले शिक्षक पनि कर्तव्यनिष्ठ समयपालक सकारात्मक सोच पेशा प्रतिको गौरवता र गर्भ , निपक्ष्य ब्यावहार आफ्नो विषयमा दक्ष , सक्षम र अध्ययनसिल हुनु आवस्यक छ । आजका वालवालिका भोलिका हरेक क्षेत्रका कर्णधारका रुपमा स्थापित गर्ने जिम्वेवार पेशालाई सक्षमता र इमान्दारिका साथ सम्पन्न गर्नु हरेक शिक्षकको कँधमा छ ।
शिक्षक आफैमा पनि कमजोरि छैन नै भन्ने पनि होइन कतिपयले आफ्नो पेशा र कामलाई महत्व नदिएका उदाहरणहरुले पनि शिक्षण पेशालाइ निरर्थक बनाउने र आफ्नो पेशा नै गलत छ भन्ने र गरि खाने भाडो भन्दा कमाई खाने भाडोको रुपमा लिएका शिक्षकहरु पनि छन् । शिक्षक आफैमा श्रेयता छ नै त्यसैले शिक्षक पनि कर्तव्यनिष्ठ समयपालक सकारात्मक सोच पेशा प्रतिको गौरवता र गर्भ , निपक्ष्य ब्यावहार आफ्नो विषयमा दक्ष , सक्षम र अध्ययनसिल हुनु आवस्यक छ । आजका वालवालिका भोलिका हरेक क्षेत्रका कर्णधारका रुपमा स्थापित गर्ने जिम्वेवार पेशालाई सक्षमता र इमान्दारिका साथ सम्पन्न गर्नु हरेक शिक्षकको कँधमा छ ।
शिक्षामा साच्चि नै सुधार गर्नका लागि शिक्षक ,बिद्यार्थी ,अभिभावक र शैक्षिक क्षेत्रका हरेक सोकारवालाहरु नै आ आफ्नो स्थानबाट आ आफ्नो दायित्व पुरा गर्नु आवस्यक छ ।
शिक्षामा साच्चि नै सुधार गर्नका लागि शिक्षक ,बिद्यार्थी ,अभिभावक र शैक्षिक क्षेत्रका हरेक सोकारवालाहरु नै आ आफ्नो स्थानबाट आ आफ्नो दायित्व पुरा गर्नु आवस्यक छ । शिक्षण पेशालाइ अरु पेशा भन्दा मर्यादित पेशामा राख्नु र सम्मान गर्नुका साथै विद्यालयको भौतिक , मनोवैज्ञानिक ,सामाजिक , शिक्षणमय वातावरणलाई सु ब्यवस्थित गरि विद्यार्थीहरुलाई उनिहरुको रुचि ,चाहाना र क्षमता अनुसार प्रस्फुटन गर्ने वातावरणको निर्माण गर्नु पर्छ । अभिभावकले पनि विद्यालय , शिक्षक र विद्यार्थीहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोचका रुपमा लिइ शिक्षको गुणस्तरमा ध्यान दिनु आजको आवस्यकता बनेको छ ।
नयाँ प्रविधिबाट दिने शिक्षा आजको संसारमा सार्थक मानिन्छ ।
विद्यालयको कक्षा कोठामा कालोपाटिलाई सेतो पाटिमा , चकलाई मार्करमा , पाठ्यक्रम र पाठ्यपुस्तकलाई मौखिक प्रशिक्षणमा , कक्षा शिक्षणलाई बहुकक्षा शिक्षणमा, विषय शिक्षकलाई बहुविषय शिक्षकमा समाहित गरेर ब्यवस्था गर्न सम्म नसकिएका शिक्षणकार्यहरु नेपालको शिक्षण प्रणालिका बाधक तत्व र समस्या अहिले ब्यापक छन नै । नयाँ प्रविधिबाट दिने शिक्षा आजको संसारमा सार्थक मानिन्छ । सामान्य समस्यालाई समाधान गर्न अफ्ठ्यारो स्थितिमा शिक्षक नँया प्रविधिका सहजकर्ताका रुपमा जिम्वेवार हुनु झन चुनौतिपुर्ण छ ।