२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

मेरो गाउँ विकास तर्फ अग्रसर

राम प्रसाद बेलबासे अर्घाखााची पाणिनि ७,

हाल मध्य प्रदेश भोपाल , 

मेरो गाऊमा मात्र नभई सम्पूर्ण देसमा विकासका लहरहरू दिन र्दुइ गुणा रात चौगुणा फैली रहेका छन। विकासको पूर्वाधार मानिने सडक मार्गहरू प्रत्येक गाऊ गाउँमा पुगी सकेका छन, शिक्षालाई अधिक महत्व दिएर विद्यालय नभएको स्थानमा विद्यालयहरूका स्थापना तथा यसमा अपग्रेडेषन भई रहेका छन, स्वच्छ पेयजल उपलब्ध गराउने, संचार व्यवस्थाको सुगमता, पषुपालन कृषि तथा बागवानी का कार्यमा पनि उन्नत स्तरका तकनीकको सहायता बाट संचालित छन। यसको व्यापक असर मेरो गाउँमा पनि देखिन थालेको छ। यसका केही उदाहरणहरू यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु। मेरो गाउँमा प्राचीन पद्धतिबाट कृषि कार्य गरीने गरिन्थ्र्या। गोरूले खेत बारी जोतने, गाई वस्तुको गोबर मलको रूपमा उपयोग गरीने गरिन्थ्यो। अब यस पद्यतिमा पूर्णरूपमा परिवर्तन भयेको छ। उन्नत बीजको उपयोग, रसायनिक खादको उपयोग, ट्याक्टरबाट जोताई गर्ने गरीन्छ। यस कार्यलाई बहु उद्देश्षीय कृषि फार्मको नामले जानिने गरीन्छ। सही अर्थमा बहु उद्देश्षीय छ । हाम्रो यो कृषि कार्य प्रथमतः यो कार्य आफ्नो बारीमा हैन टारीमा गर्न थालियको छ। बहु उद्देश्षीयको संदर्भमा भन्नु पर्दा यहॉ जगाधनि को आफ्नो उद्देष्य छ, लगानीकर्ताका आफ्ना उद्देष्य छन, यहॉ कार्य गर्न व्यक्तिहरूका आफ्ना उद्देष्य छन। यती ठूलो बहु उद्देश्षीय तथा अनुकरणीय कार्य मेरो गाऊमा नै चलेको छ। यस कार्यलाई अझै व्यापकता तथा उदाहरणका रूपमा फैलाउन सके हामी सबैमा आपसी एकता को भावना जागृत हुदै जाने थियो। हामी सबैको भविष्य उज्जवल हुने थियो।
हाम्रो पुर्खाले घरमा गाई वस्तु पालने, गोबर उठाउने, घास काटने आदि कार्य गर्दथे, यस्ता कार्यले उन्नत भविष्यको कल्पना गर्न सकिदैन अब यस कार्यलाई छोडेर आधुनिकता तर्फ अग्रसर मोरो गाउँमा गाई वस्तु पाल्ने कार्यलाई छोडी, उन्नत किसिमका खोरको निर्माण गरी परम्परागत पषुपालन कार्यलाई छोड़ी पंक्षीपालन तर्फ अग्रसर हुदै छ मेरो गाऊँ। वास्तवमा जहॉ एउटा गोठमा तीन गाईवस्तु बाधिने स्थानमा घण्ण् पंक्षीहरूलाई राख्न सकिन्छ। गाईवस्तु को लागि वन जगंल बाट घास काटनु पर्ने, पंक्षीको लागि चारा गाड़ी मै आउछ, अधिक मेहनत पनि गर्न नपर्ने , उच्च स्तरीय कार्य, समाज ले सम्मान दिने, अधिक लाभ कमाउने यस्तो सुगम व्यवसाय तर्फ सबैको ध्यान गएको छ। जहॉ पॉच जनाले काम गरी पॉच जनाले खाने परम्परा थियो अब त्यसमा परिवर्तन आएको छ एक जनाले काम गर्ने पॉच जनाले खाने । कस्तो सुगम स्थिति श्रृर्जित भयेको छ।स्वच्छ पिउने पानी को व्यवस्था सबै देसवासीको अधिकार रहेको तथा सरकार पनि यस कार्यमा प्रतिबद्ध रहेको कुरा सर्वविदितै छ। पधेराको पानीको उपयोग कम गर्ने, त्यसमा टिन लगाउने तथा सीमेन्टीकरण गरी त्यसको सौन्दर्यतामा वृद्धि गर्ने एक राष्ट्रीय स्तरको कार्य संचालित भयेको छ। यसैको परिणाम स्वरूप पधेरामा पानी रोकिन बंद भएका छन।पधेराहरू केवल देख्न को लागि मात्र रहेका छन। हामीले पनि यस कार्यलाई आत्मसाथ गरी कुरखोलाको पानी ल्याउने प्रयास गर्यौ, साथमा गिफ्ट मिल्यौ रुन्याय युक्त पानी, सबैको पेटमा पथरी। यो दुखद पहल हो फेरी पनि हामीले प्लास्टिक का भाड़ाहरू, प्लास्टिकका टंकी आदि का उपयोग गर्न थालेका छौ स्वास्थ्य को लागि नुकसानदायक भये पनि परिवर्तनको लहरलाई स्वीकार गर्नुनै पर्दछ ।
मेरो गाउ जहॉ विद्यालय नै थियेन वहॉ विद्यालय को निर्माण गरियो फेरी यसलाई अपग्रेड गरी हाईस्कुल निर्माण भयो। स्थानीय स्तरबाट व्यवस्थापन को कार्य प्रारंभ गरी विभिन्न स्थान बाट शिक्षकहरूको व्यवस्थापन गरियो। विद्यालयले राम्रो ख्याति प्राप्त गयो। छिमेकका गाउहरूबाट पनि विद्यार्थीहरू आउन थाले। प्रारंभिक वर्षहरूमा हाम्रो बिद्यालय जिल्ला स्तरमा प्रथम र द्वितीय स्थानमा आउने गर्दथ्यो। स्थानीय व्यक्त्तिलाई महत्व दिएर ‘‘एउटै बोली एउटै भेष’’ गाउका युवा गाउमा नै भन्ने विचारलाई लिएर स्थानीय युवाहरूलाई गाउमा नै रोकियो, सबैजनामा खुषीको लहर फैलियो। अब दिन प्रतिदिन परीक्षा परिणाममा पुर्वको अपेक्षा केही कम आउन थालेको छ तर यस बिन्दुलाई नकारात्मक दृष्टिले हेर्नु हुदैन भोली हाम्रा दिन वापस फर्कने छन। समग्रमा भन्नु पर्दा विद्यालय हाम्रो, शिक्षक हाम्रा, व्यवस्थापन समिति हाम्रो, सरकार हाम्रो, विद्यार्थी हाम्रा। व्यक्तिको विचारमा सदैव सकारात्मक सोच हुनु पर्दछ। परिवर्तनलाई स्वीकार गर्न सक्नु पर्दछ। शिक्षक पेशालाई एक सम्मानजनक पेषा बनाउने, शिक्षकको कार्य गर्ने व्यक्तिलाई सबै स्तरबाट छुट दिने, शिक्षक पत्रकार को भूमिकामा, शिक्षक नेता को भूमिकामा, शिक्षक गायक को भुमिकामा रहन पाउने व्यवस्था छ। यसका अझै उपयुक्त अवसर प्रदान गर्नु पर्ने समयको मांग छ। विद्यार्थीहरू त भोलीका कर्णधार हुन भोली सम्म पक्कै पनि नया सवेरा हुने छ। हाम्रा आधारभुत आवष्यकता मानिने गास बास र कपास को स्थान मोबाईल, वाईफाई र फेसबूक ले लियेको छ। आफ्नो छिमेकमा के भएको छ त्यसको खबर छैन। फेसबुकमा भएका फ्रेन्ड्स संग नियमित सम्पर्क भएको छ। यो पनि मेरो देशको परिवर्तन हो, गाउको परिवर्तन हो विकास को लहर हो सहर्ष स्वीकार गर्नु पर्दछ। पर्यावरण संरक्षणमा हामीले नया नारा तैयार गरेका छौ। हामीले संरक्षण गरी हुर्कायेका वन जंगलका काठपातहरू, पुर्खाले लगायको पीपल का वृक्षहरूको कटाई गरी अन्यत्र उपयोग भई रहेका छन, हाम्रा पोखरीहरू पुरीदै गएका छन हामी विवष र लाचार बनेर हेर्ने गर्दछौ। यो पनि विकास ले नै सिकाएको हो। हाम्रा अग्रजहरूले तामाको गाग्रीमा तथा माटाको घडामा पानी राखी पिउने गर्दथे, सार्वजनिक स्थानमा पानीका प्याउहरू राख्ने गर्दथे, अक्षय तृतीयाको दिन बाटोमा सातु बाड़ने गर्दथे, कस्तो परोपकारी भावना थियो हाम्रा अग्रजमा हामीले यस यस रूढिवादितालाई त्याग गर्यौ। अब समय सापेक्ष परिवर्तनको तर्फ गर्न लागेका छौ।
उपरोक्तको अतिरिक्त हाम्रा पुर्खाले आफ्नो बारीमा उब्जने मकै, कोदो,कबेली, सिन्की, भट्टमास तथा आफ्नै बारीमा फल्ने फलहरू आप, सुन्तला,अमीला, आरू, बेलौती, खन्यू, खल्टु, नासपाती, चिउरी आदि लाई छोडी बजार मा मिल्ने प्लास्टिक ले ठाकेका पुराना फलहरूलाई अपनाउन थालेकाछौ, आफ्नै बारीमा उत्पादन हुने कालोजीरो, इसागोल, नाराबेथे,  चनसुर, आदि जस्ता उत्पादन लाई हामीले बिर्सी सकेका छौ। स्थानीय सिप को सम्मान गर्न बिर्सी सकेका छौ, गाऊमा सिलाई गरेका कपड़ा हामीलाई स्वीकार छैनन्, गाउमै काटेको कपाल हामीलाई स्वीकार छैन। आधा घंटा हिडेर पुग्न सकिने स्थानमा २ घंटा जीपको प्रतीक्षा गर्ने हाम्रो स्वभाव पनि विकासले नै भएको हो। यो पनि परिवर्तन हो यसलाई पनि स्वीकार गर्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार