रामप्रसाद बेलबासे,पाणिनि ७ , झन्द्रेक, अघौखाँची
हाल मध्य प्रदेश भोपाल
गोठलाई सामान्य भाषामा कटेरो भनिन्छ। मेरो एउटा गोठमा गाईवस्तुहरू लाई बांधन को लागि उपयोग गर्ने गरिन्थ्यो । आयाताकार आकार मा निर्मित त्यो गोठको तीन तर्फ बाट माटो ले बारेको भित्तो, माटोको तालो, खरको छानो भएको त्यो गोठ कति सुन्दर थियो, कति सुरक्षित थियो। गाई गोरूको लागि उपयोग गरिने हुनाले त्यसलाई गाईको गोठको संज्ञा दिएका थियौँ। उस समयमा हाम्रो घरमा ६ ,७ वटा गाई गोरूहरू तथा साना साना बाच्छा बाच्छिहरू थिए। वन्य जन्तु तथा सुरक्षाको दृष्टिले साना साना बाच्छा बाच्छिहरूलाई प्रथम पंक्तिमा बांधिने गरिन्थ्यौ। खरको छानो, माटाको भित्तो भए पनि त्यहा बाधिने गाईवस्तुहरूको लागि कति संतुलित तथा इको(फ्रेण्ड्ली) वातावरण थियो। मेरा गाईगोरूहरूका नाम पनि कति सुन्दर थिए । उनीहरूको रंग को आधारमा नामाकरण, रातो रंगको भए लालू, कालो रंग को भए कालू, शरीरमा फूल भए पाटू, लामो पुच्छर भए फुर्के यसै गरी नामाकरण हुने गर्दथ्यो। उक्त गोठमा बाधिने मेरा गाईगोरूहरू पाटू गाई, राएगोरू, बिजुली गाई, गुन्टे र फुर्के गोरूहरू कति निष्पक्ष थिए, आफ्नो पराया, आफ्नो घरको, पराया घरको, नभनी आफ्नै घरको सदस्यलाई पनि लखटी लखटी हान्ने गर्दथे। म पनि अनेकौ पटक यसको शिकार भएको थिए, यस्तो स्थिति जोताई को समयमा तथा कसैको खेतीपाती खान थालेको समयमा अधिक आक्रमणकारी रुप धारण गर्ने गर्दथे। यो स्थिति घरका वरिष्ठ सदस्यहरू संग लागू हुदैनथ्यौ।
दिन भरी गाईगोरूहरू चराउनको लागि लैजाने गरिन्थ्यो परन्तु बिहान साझ को समयमा ती गाईगोरूहरू हेर्दा निकै रमाईलो वातावरण, गाईका ती साना बाच्छा बाच्छीहरू घरको वरी परी बॉ बॉ को आवाज गर्दै, उफ्रदै दौडने, कस्तो खुशिको लहर उत्पन्न हुने गर्दथ्यौ। त्यो मनमोहक दृष्य भगवान कृष्णको गौषाला जस्तै थियो त्यो मेरो गोठ, म त्यसको ग्वाला थिए। त्यो सुन्दरता आज कल्पनामा परिवर्तन भयो। हामीले उक्त गोठको मर्मत सुधार गर्यौ , खरको छानोलाई हटाई टीन लगायौ, बारेको भित्तोलाई हटाई ईंटाको गारो बनायौ, गोठलाई राम्रो बनायौ तर त्यसको शोभा बढाउने गाईको सन्ततिलाई बचाउन सकेनौ। गाई गोरू बिनाको त्यो गोठ अस्तित्व विहिन भएको छ। आज मेरो उक्त गोठमा एउटा हाते ट्याक्ट्रर राखिएको छ ।
मेरो गोठ मेरो गौशाला (संस्मरण)
तपाईको प्रतिक्रिया