राम प्रसाद बेलबासे , पाणिनि ७ , झन्द्रेक, अर्घाखाँची
हाल : मध्यप्रदेश भोपाल , भारत
हाम्रो गॉऊ अनेकतामा एकताको एक अनुकरणीय उदारहण छ। यहॉका मूल बासिन्दाहरूको तुलनामा आस पासका गाँऊ बाट आई लगभग तीन पीढ़ि पूर्वमा बसोबास गर्ने व्यक्तिहरूको संख्या अधिक छ। सबैजनाको परिचय उसै गाऊको अन्त्यमा (आ ए) प्रत्यय जोडी परिचय बनाउने परम्परा कायम छ। हाम्रो गाउमा संस्कृत पठनपाठन गरेको कुनै पंडित न हुनाले होला व्यक्तिको नामको उपयोग हुदैन। लिखितमा उपलब्ध दस्तावेज जस्तै नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र तथा स्कूल कलेजका प्रमाण आदि भएता पनि गाँऊका सम्मानजनक व्यक्तिहरूले राखि दिने नाम अधिक विष्वाशलायक हुन्छन। जस्तै ठाडा बाट आएको भए ठडाली, बलकोट बाट आएको भए बलकोटे आदि।
प्रारंभमा त एक पिढ़ीका व्यक्तिहरू मात्रै थिए सजिलो थियो। अब उक्त पीढिमा तीन पुस्ता थपियो, अब पूर्वको गाऊको परिचयले नपुग्ने भयो। तीन पीढ़िका व्यक्तिहरूको नाम जोडनु पर्ने भयो, परिचयमा व्यापकता आयो मेरो छिमेकी को परिचय नै उसको आमन थलोको नाम सहित फलानाको छोरा नाति भने पछि उनको नाम को उल्लेख गर्नु नपर्ने तीन पीढ़िको उल्लेख हुने, सबै जनाले चिन्ने जान्ने। समाजमा बराबरी को भूमिका निर्वाह गर्ने महिला दिदी बैनीहरूको लागि परिचय एउटा प्रतिष्ठाको विषय छ। वहॉहरूको लागि माईतीघरको संज्ञान दिदै नामाकरण गरीन्छ। मेरो छिमेकमा रहनुभएका उमेरले जेष्ठ नागरिक अनि पारिवारिक रुपमा नातीहरु भई सक्दा पनि वहॉहरुले
माईतीघरको प्रतिनिधित्व गरी रहनु भयेको छ। मतलव उहाँहरुलाई माइति गाँउको नामसँग जोडेर परिचित गराईन्छ ।
नामाकरणको अर्को विकल्प केही सुविधायुक्त छ, यदि श्रीमानले समाज सेवामा कुनै उपलब्धि हासिल गरेको भये त्यसैलाई आधारमानी परिचय दिने परम्परा छ। जस्तै पिताजी पुलिस सेवामा भएको हुनाले माताजीलाई सम्पूर्ण गाउँमा पुलिसनी दिदीको नाममा चिनाउनु , शिक्षककि श्रीमतिलाइ मास्टरनि आदि आदि। यस सम्बोधनले वहॉहरुनि गदगद हुने गर्नुहुन्छ, वहॉहरुसंग सम्वन्धित सेवाको केही अनुभव नभए पनि वहॉहरुको मनमा कुनै संकोच हुदैन। हाम्रो छिमेकमा वरिष्ठताको क्रम नपुग्दा आफ्नो श्रीमान मास्टर हुदहुदै पनि मास्टरनी को संज्ञान नमिल्दा पनि संतोष रहनु परेको छ।
नामाकरणका अन्य कुनै सीमाना नै छैनन्। यती धेरै विकल्प त वर्तमानमा गुगल नेटवर्कमा पनि मिल्दैनन् होला ,सर्वप्रथम उसको प्रारंभिक गाऊ, त्यस पछि उसको वर्तमान बसाई, यदि घर बाटोमा भए बाटारे, बाटो मुनी भए बाटामुनी , टाकुरामा घर भए टाकुरे, पिपलको रूखको नजिकै घर भए पिप्ला रूखे आदि। नामाकरणको अर्को भरपर्दो तथा गोपनीय विधि व्यक्तिको उपनाम बाट पनि गरिन्छ यसमा व्यक्तिको हुलिया त्यसपछि उसको पूर्वको गाऊँको उपयोग बाट जस्तै मैदाने ,डल्ले, पलेली ,अल्के आदि संज्ञान दिने गरिन्छ। यसले नपुगे उसको शारीरिक रंग, जातिलाई जोडेर नामाकरण गरिन्छ जस्तै बांगे, बटारे आदिको सहायताले परिपूर्ण गरिन्छ।
आषा छ तपाईहरू मेरो यस नामाकरण पद्धतिलाई स्वीकार गर्नु हुने छ। तपाईहरूले पनि आ आफ्नो स्तरबाट दैनिक जीवनमा आफ्ना संतानलाई आशिषवचन स्वरूप‘ तेरो बाउ यस्तो तेरी आमा यस्ती’’ भन्दै नामाकरणका अन्य थुप्रै विधिहरूका प्रयोग गर्नु हुन्छ होला। आफ्ना अमूल्य सुझाव सहित हामीलाई अवगत गराउनु होला अर्को लेखमा समावेश गर्ने छौ। हाम्रा पुर्खाहरुको जिवनशैलि र उहाँहरुको सामाजिक आर्थिक तथा पारिवारिक जिवनकथा हाम्रो प्रेरणाको श्रोत बन्न सक्छ भने हाम्रा सन्ततिका लागि इतिहासको जानाकारि ।