राम प्रसाद बेलबासे, पाणिनि ७, झन्द्रेक, अर्घाखाँची
हाल मध्य प्रदेश ,भोपाल , भारत
हाम्रो गाऊँ अनेकता मा एकता को एक अनुकरणीय उदारहण छ। यहॉ परिचयका अनेकौ माध्यम प्रचलनमा छन। जन्मको एघारौ दिनमा राखेका नामहरू केवल सरकारी दस्तावेज ,नेपाली नागरिकता, मतदाता परिचयपत्र तथा स्कूल , कलेज आदिमा प्रयोग गरिन्छ। वास्तविक नामको प्रयोग गर्दा व्यक्तिको स्वाभीमानमा आंच आउने विष्वास गरी दुई तीन अक्षरका उपनाम को सहायताले परिचय दिदै यस पद्धतिमा सरलीकृत प्रणाली परापूर्वकाल देखि नै प्रचलित छन।
उपनाम राख्ने कार्य स्थानीय स्तरमा गरीन्छ। यस पद्धतिका विकल्प असीमित छन, गुगल नेटवर्कमा पनि यति वृहत सुविधा छैन। उपनाम राख्नको लागि कुनै विद्धान तथा शुभ मुहुर्त, घड़ी पला, नक्षत्र, पक्ष, उपयुक्त बार, दिशा आदि को मिलान गर्नु प्रदैन। समाज सेवामा दीर्घ अनुभवी, निस्वार्थ, सेवाभावी, धनी, गरीब, जाति, वर्ण र लिंगको आधारमा भेदभाव नगर्ने स्थानीय स्तरको मूल निवासीहरू द्वारा गहन सोच विचार गरी, एक अर्कामा पुनरावृत्ति नहुने गरी उपनाम को निर्धारण गरिन्छ। जो व्यक्तिको जीवन पर्यन्त पीढ़ि दर पीढ़ि सम्म कायम रहन्छ। स्थानीय स्तरबाट सहमति प्राप्त, एक पटक कीटान भएको नामाकरणमा कुनै पनि हालतमा परिवर्तन गर्न मिल्दैन। यसलाई गोपनीय स्तरमा प्रयोग गर्ने गरीन्छ। प्रथमतः व्यक्तिको हुलिया, हाउ भाउ इशारा, बोलीभाषा, शारीरिक कद काठी, रंग तथा व्यक्तिको गुण र विषेषतालाई सम्मिलित गरी नामाकरण गरीन्छ। यसको अतिरिक्त उसका बाबा, हजुरबाबा आदिको कुनै ख्यातियुक्त नाम भए त्यसलाई पनि आधार मान्न सकिन्छ। अर्को पद्धति जसमा व्यक्तिको हिम्मत र साहसको तुलना गर्दै कुनै उपयुक्त वन्य प्राणिको नाममा सम्बोधन गरीन्छ। यस्ता थुप्रै उदाहरणहरू तपाई हाम्रो समक्ष प्रचलनमा छन। लोकहित को दृष्टिमा यस्ता नामको उल्लेख गर्नु उचित हुदैन। केवल स्मरण गर्नु नै पर्याप्त हुन्छ। उपनामको प्रचार प्रसारका लागि कुनै नेटवर्कको आवष्यकता पर्दैन, स्थानीय स्तरमा जंगलको आगो जस्तै सर्वत्र फैलीन्छ। विडम्बना नै भनौ यस पद्धतिले आज सम्म कुनै कानूनी मान्यता प्राप्त गर्न सकेको छैन।
अन्त्यमा हाम्रो क्षेत्रका मूल निवासी भई देश तथा विदेशमा जुनसुकै स्थानमा जुनसुकै पेशामा संलग्न रहेता पनि हाम्रो क्षेत्रमा प्रचलित तथा वर्तमानमा लोप हुन थालेको यस पद्धतिको व्यापक विस्तारका लागि आ – आफ्नो स्तरबाट सक्दो सहायता प्रदान गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ।