३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

हामि दियालो नै बाल्छौ

माधव बेल्वासे ,अर्घाखाँची / पाणिनि न्युज डट कम
आज समयका हिसाबले हामि २१ औ सताब्दिमा नै छौ भनेका छौँ र हाम्रो इतिहाँसमा भएका तथ्य र पुर्खाहरुले तोकेको समय अनि शुरु गरेको दैनिक कार्यतालिका साथै क्यालेण्डर हेर्दा पनि हामि बामे सर्दै गरेको यथार्थ सत्य नै होला भन्ने नै लाग्दछ । तर अर्को यर्थाथ पनि यहिँ हो आज हामि चन्द्र शंसेरकै पालामा छौँ भन्दा त्यति अन्याय हुन्न की भन्ने लाग्दछ ।
हो हामि आम नेपालीको बिडम्वना नै हुन सक्दछ आज बिश्व परिवेश र हाम्रो गतिआन्तर धेरै माइल पछाडि छ । तर हाम्रो राजनैतिक तरलता र अस्थिरता मात्र यसको कारक होइन भन्नेमा पनि म विश्वस्त छु । नेपालमा जति जहाँनिया भनिएको राण शासन कालमा विकाशका ढोकाहरु खुलेका इतिहासले बताएको छ , आज तुलना गर्ने बेला आयो कि जस्तो लाग्न थालेको छ ।
एक नेपाली हुनुको नाताले देश प्रति भएका मेरा गुनासा सुने पनि नसुने पनि सुनाउन कोशिस गर्नु दायित्व संझेर मन हल्का पार्दै धेरैहरुको आवाज पोख्ने कोशिष गर्दै छु । आज विश्व विकासको गतिमा कहाँ र कसरि दौडिदै छ भन्ने कुरा आम संचारका माध्यम मार्फत धेर थोर जानाकारि पाउने गरिएकै छ । तर हामि सँग तुलना गर्न आवस्यक ठानिएको छैन तथापि कम्तिमा दशांशको एकांश हाम्रो हैसियत नै नभएर होइन भन्नेमा शंका गर्नु हुदैन । बाटोमा धुलोको कुरा नगरौ कम्तिमा बाटो बनेको छ । गाडिमा सरर हिड्न पाएका छौ । गुणस्तरिय शिक्षाको गुणस्तरियताको कुरा पनि शिक्षक र कर्मचारिको बिभेद सँग तुलना नगरौ ,निजि स्तरका शिक्षालयमा नै हाम्रो मनोविज्ञान केन्द्रित भएको पो हो कि,कतै समयले यस्को पनि जवाफ सके हाम्रै पुस्तामा नभए पनि कुनै पिढिलाई अवस्य बताउने नै छ । हाम्रो भावि पुस्ताले हामिलाई नै धिक्कारोस बरु म तयार नै छु , जुन कमजोरि म बाट भएको छ त्यसको हिनताबोध सहित याचना गर्नु नै मेरा लागि सान्र्दभिक हुने कुरामा सहमत हुनु बाहेक मेरो विकल्प हुनेछैन ।
महत्वपुर्ण कुरा त यो हो कि हाम्रा भावि सन्ततिले हाम्रै पुर्खाहरुले प्रयोग गरेका दियालो र टुकि , लाल्टिन र ढेवरी बिर्सिककेका हुनेछन् । जव उनिहरुले तिनै आफ्ना बाउ, बाजेले र आमा , आँबैले प्रयोग गरेका इन्धन र उर्जाका स्रोत हेर्न संग्राहलयमा पस्नुपर्नेछ अनि फोटा खिनेर एल्वबमा राखि अरुलाई बताउनुपर्ने छ भने म किन बिजुलि बाँलु दियालो नै बाल्छु
हजारौ रुपैया तिरेर घरमा भएका टुकि , लाल्टिन र ढेवरीहरु विस्थापन गर्दै तारहरु झुन्डाइयो र पनि तिनै बालेर बस्नुपर्छ भने किन कतिबेला बिद्युत आउछ र भात पकाउने भनेर बँसौ । महिना पुग्दा साठि रुँपैया मिटर राखेवापत जरिवाना तिरिरहनु भन्दा मेरै पुर्खाको दियालो गलत किन भनु मैले ?
जब म सँग इन्भटर किन्ने पैसा छैन भने म कोसित रिण र धनको सावा ब्याजमा वार्गेनिङ गरु , सायद मलाई थाहा छैन तर इन्भटर पनि चार्ज हुनुपर्छ भन्ने सुन्दछु एक अबोध नेपाली हुनुको नाताले चार्ज कतिबेला गर्ने र चलाउने सायद यो दियालोको सामाथ्र्यले हुदैन होला किनकि यो २१ औ शताब्दि हो । मेरा पुर्खाको थोरै आम्दानिले उनिहरुको जिवनशैलि तत्कालिन समयका लागि संभवत हाम्रो भन्दा स्तरिय नै थियो । कम्तिमा हाम्रा जति आकांक्षाहरु थिएनन । विद्युत आएपछि घरमा किनिएका सामग्रीहरु बेकामि भएका छन् , बितेका २, ३ महिनाहरुमा विद्यार्थीले शिक्षकको कुटाई बढि खाएका छन् , इन्टरनेट र टि.भिमा राखिएका पैसाहरु फजुल बनेका छन् किनकी हामि २१औ शताब्दिको परिकल्पना गर्दै सबैलाई कुलमान र बिरमान देखिरहेका छौँ ।
डिसहोम म सँग नरिसाउनु आज देखि यो विद्युतिय वितरण पद्धति परिवर्तन भएर मेरो घरको दियो ननिब्दा सम्म तिमिलाई मेरो आम्दानिमा गरेको खर्चको भार दिनेछैन , सुबिसुलाइ पनि मेरो निबेदन यहि हो । बच्चालाई इन्टरनेटमा खोज भन्न पनि हाम्रो २४ घण्टामा २३ घण्टा हुने प्रविधिक समस्याको हल पछि मात्रै भनौला सायद यो पनि हाम्रै पालामा होला आशा गरौ तर दियालो र टुकि नै हाम्रा निरन्तरका सहयात्रि हुन जसको मुल्य पनि हाम्रो शारिरीक श्रमबाट प्राप्त हुन्छ अनि चाहाना बमोजिम पनि । विद्युतले घटाएको समयमा हामिले आराम गर्ने छौँ ,खर्च कटौति भएको छ , दैनिक शारिरीक चपलता बढ्ने नै छ । त्यसैले मेरा सन्ततिहरुलाई दियालो के हो टुकि के हो आज नै बताउँदै छु । हुनत मेरो यहि कुरा ब्याक्त गर्ने माध्यम पनि बिद्युत नै हो तर थोरैलाई बरु मुखले नै सुनाउँला म दियालो नै बाल्छु । जय देश ।

(मैले विकास नस्वीकारेको होइन , हामि पनि प्रविधिमै विश्वास गर्छौ तर ,यो ब्यांगात्मक लेख हो अहिलेको विद्युत जाने समस्या प्रति लक्षित भएर तयार गर्ने कोशिष गरेको छु सुझावको अपेक्षा सहित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार