रामप्रसाद बेलबासे ,पाणिनि ७,झन्द्रेक,अर्घाखाँची
हाल मध्यप्रदेश भोपाल
अर्घाखॉची जिल्लाको पाणिनि गाऊपालिकामा पर्ने हाम्रो गाऊ प्राकृतिक सुन्दरता र रमणियताले भरिएको तथा पृथ्वीनारायण शाह ले कल्पना गरेको नेपाल जस्तै चार जात छत्तीस वर्णको साझा फूलवारी’’ छ। यहॉ धेरै जात ,जातिका मानिसहरूको बसोबास छ। मेलमिलापको एक अनुकरणीय उदाहरण नै छ हाम्रो गाँउ। यहॉका अधिकांश युवाहरू प्रतिभापलायनता अर्थात् रोजगारीको खोजीमा गाऊँ देखि बाहिर छन। महत्वपूर्ण अवसरहरू, खासगरी मेलापर्वहरू या अन्य कुनै कार्य भएमा मात्र गाऊँमा फर्कने तथा एक अर्कासँग भेटघाट हुने गर्दछ। वर्तमान समयमा गाऊँमा केवल शिक्षक पेशामा आबद्ध, व्यापारिक गतिविधिमा तथा डाँडामाथिको जून जस्तै हुनुभएका जेष्ठनागरिकहरु हुनुहुन्छ। शुद्ध ग्रामीण परिवेश, स्वच्छ वातावरणमा निवास गर्ने हुनाले यहॉका निवासीहरू सीधा साधा, सज्जन प्रवृत्ति, छलकपट केही नभएका प्रकृतिप्रेमी व्यक्तिहरू हुनुहन्छ। यसै स्थानमा आफ्नो बाल्यकाल बिताएको तथा प्रकृति संग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त भएको थियो। यस्तो स्वर्ग भन्दा प्यारो गाऊँ देखि लामो दूरीमा रहेता पनि मेरो मानस पटलमा हाम्रो गाऊँ चित्रांकित छ। समय समयमा आउने यसको स्मरणले निकै भावुक बनाई दिन्छ। के अब ती बचपनमा बिताएका दिनहरू फेरी उसै अवस्थामा वापस होलानरु
हाम्रा गाऊँमा विद्यमान अनेकौ स्थानहरू बाटुले को चौपारी, तो वृहत पीपलको वृक्ष आज पनि लामो इतिहासको साक्षी बनेको छ। जहॉ वन पाँखामा जाने(आउने व्यक्तिहरूको जमघट लाग्ने स्थान थियो। आपपाटाका ती विशाल आँपका वृक्षहरू, जसले आजपनि मीठा(मीठा फलहरू निरन्तर रूपमा दिदै होलानरु पंथीको त्यो बाझो खेत, टाटे सिउडीका ती कांड़ाहरू, खोलापारी को लापेको भीर, दुईसल्ली, सिमस्यारको चिसो पानी, सल्यानधारा का ती भीर पाखाहरू, जोगीले तपस्या गर्ने ओड़ार, छत्तीनपाटाका खेतहरू, त्यो स्वामी को वृक्ष आजपनि उसै रूपमा विद्यमान होलानरु यहॉका बगैँचारूपी वन जंगलहरूमा, यहॉ मिल्ने फलफूल जामून ९फड़ेल०, खल्टू चिउरी, भर्ला का टाटाहरू आज पनि मिल्छन होलारु यसै वन जंगलका चिड़ियाघर रूपी ओड़ारहरू जो वन्य जीव जन्तुहरूका बासस्थान थिए। आज पनि उनीहरूको संख्या उसै अनुपातमा होलारु समय समयमा उनीहरूको आक्रमणको प्रभाव पक्कै पनि देखिन्छ होलारु यहॉका निरन्तर रूपमा धाराप्रवाहित रहने जीवनदायीनी नदिहरूबाट उसै रूपमा प्रवाहित होलानरु उक्त पानीको उपयोग गरी ४/ ५ वटा पानी मिलहरू संचालित छन। यसको अतिरिक्त छिमेकी गाऊहरू पाली, बलकोट, केरुंगा आदिमा पेयजलको आपूर्ति व्यवस्था संचालित हुदैछ।
बाल्यकालमा हामीलाई अनुशासन र कर्तव्यको ज्ञान, सामाजिक मर्यादा र दायित्वको पाठ सिकाउने केही हाम्रा सहयात्री अग्रजहरू आज स्वर्गवासी भई सक्नु भएको छ तथा अन्य मेरा सहपाठी मित्रहरू संग पनि निरंतर संवाद छैन। ती सुखद पलहरू केवल कल्पनामा मात्रै सीमित हुन पुगे परन्तु समयको परिवर्तनलाई स्वीकार गर्नु हामी सवैको विवशता नै पनि हो। यसै भावलाई सहर्ष स्वीकार गरी यस्ता सुन्दर गाऊँमा आफ्नो जन्मस्थली भएकोमा आफुलाई गौरवान्वित महसूस गरेको छु। हाम्रा भावी सन्ततिले प्रकृति द्वारा निशुल्क रूपमा प्रदत्त स्वर्गको समान सुन्दरताले भरिएको मेरो गाऊँको सुन्दरतालाई संरक्षण र संवर्धन गरी यस स्थानलाई एक पर्यटकिय स्थलको रूपमा विकसित गराउँन सकेमा यसको महत्व अझै बढने थियो।