२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

हाम्रो गाऊँ : पुस्तैनी पधेरो

रामप्रसाद बेलबासे , पाणिनि ७ झन्द्रेक,अर्घाखॉची
हाल मध्य प्रदेश , भोपाल
अर्घाखॉची जिल्लाको पाणिनि गाऊँपालिका अन्तर्गत पर्ने हाम्रो गाऊ जहॉ विगतमा जनघनत्व तुलनात्मक हिसावले अधिक थियो। हाम्रो गाउमा १०/१२ घरको बीचमा एउटा पधेरो थियो, त्यसै पधेरो बाट पानी ल्याउनु नै हाम्रो बाध्यता थियो। उक्त पधेरोमा सामान्य मौसमको तुलनामा गर्मीको दिनमा पानीको संकट हुने गर्दथ्यौ। बिहान ४ बजे चन्द्रमा र जुनकीरीको प्रकास संगै बस्ती देखि बाहिर रहेको पधेरो मा पुग्न नसके पानीको व्यवस्था हुन सक्दैनथ्यो। पहिलो पटक पधेरो मा पुग्ने व्यक्तिले ४/५ गाग्री पानी भरेपछि मात्र अर्को व्यक्ति को नम्बर आउथ्यो , त्यसपछि अर्को व्यक्तिको पालो आउने गर्दथ्यो अन्तिममा पुग्ने व्यक्तिलाई पानी मिल्ने सुनिष्चितता हुदैन्थ्यो। पानी ल्याउने कार्य अधिक मुष्किल तथा परिश्रमपूर्ण कार्य थियो सामान्यतयाः महिलावर्गको लागि अनिवार्य जस्तै थियो। वहॉहरू छुट्टीमा रहेको समयमा यो दायित्व पुरुष सदस्यले निर्वाह गर्नु पर्दथ्यो। महिला दिदीबैनीहरू पानीको पर्खाईमा पधेरोमा बसी आपसी चर्चा, सम्पूर्ण गाउँमा घटित घटनाहरूको विस्तार संग छलफल, एक अर्काका मनका कुराहरू गरी मनलाई हलुंगो पार्ने स्थान थियो। यहॉहरूले तैयार पारेका तथा प्राप्त गरेका खबरहरूमा केही प्रसंग थप गरी पधेरो को माध्यमबाट प्रसारण हुने गर्दथे, जुन सुचनाको प्रभावशाली माध्यम भए पनि प्रमाणिकता केही कमी रहने हुदा पधेरनी कुरा भनी छूट मिल्ने गर्दथ्यो।
तत्कालीन समयमा भवन निर्माण, पूजापाठ आदि विशेष अवसरहरूमा पानीको व्यवस्था पधेरो बाट डोकोमा बोकेर गर्नु पर्दथ्यो। पधेरो मा पानी उपलब्ध हुने मौसमलाई हेरी घर गोठ बनाउने कार्य निष्चित हुने गर्दथे। त्यस कार्यका लागि पानी ल्याउने एक अलग्गै टोली हुने गर्दथ्यो। पूजापाठ तथा अन्य सांस्कृतिक कार्यहरूमा पानी ल्याउने कार्य सहयोग स्वरूप निःशुल्क हुने गर्दथ्यो। हाम्रो पधेरो बस्ती देखि बाहिर थियो। पधेरोमा हरियाली तथा प्राकृतिक सुन्दरता विद्यमान थिए, पधेरोको सेरोफेरोमा वृहत लाकुरीको वृक्ष, तलपट्टी खल्टू तथा कोखामा बास तथा साल र सल्लाका वृक्षहरू, भर्लाका लहराहरूको जाल फैलीएको थिए। हामीले वर्षमा ३/४ पटक पधेरो को सर सफाई गर्ने तथा पधेरोमा जाने बाटोको पनि मरम्मत सुधार गर्ने गर्दथ्यौ। उक्त अवधिमा केही गाऊँमा पानीको अधिक समस्या रहने हुनाले यस्ता गाउँमा छोरा छोरीको विवाहमा पनि मुष्किल हुने गर्दथ्यो।
समयको परिवर्तन को साथ विकासका लहरहरू देखा परे हाम्रो पधेरोमा टिनको छत तथा कुवा भित्र सीमेन्टीकरण भयो, पधेरोको सुन्दरता मा वृद्धि भयो, हामीमा खुशिका लहरहरू दौडन थाले परन्तु स्थिति यसको विपरीत भयो कुवामा पानी एकत्र हुन सकेन पधेरो को पींधमा पानी हुन थाल्यो। पशु चौपायाले पानी पिउन नसक्ने भए। अब प्रशंसा गरौ कि विरोध गरौ यस विकासको लहरको , जसले हाम्रो पुस्तैनी पधेरोमा पानी एकत्र हुन छाड्यो, हामीले प्रकृति संग छेड़छाड गरी यसको सौन्दर्यताको अंत गर्यौ। हाम्रो पधेरो को संदर्भमा भन्नुपर्दा हामीले विकासलाई होईन विनासलाई चुन्यौ , हामीले एक पटक लगानी यसको निर्माणमा लगायौ , अब अर्को पटक यसको जिर्णोद्वारका लागि गर्नु पर्ने समय आई पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार