२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

हाम्रो गाऊ: हाम्रो संस्कृति

रामप्रसाद बेलबासे,पाणिनि गाऊपालिका वडा न. ७, अर्घाखाँची
पाणिनि गाऊपालिकामा पर्ने हाम्रो गाऊमा सबै जातिका मानिसहरूको बसोबास छ। अनेकतामा एकताको भाव प्रकट गर्ने हाम्रो संस्कृतिको मुख्य विशेषता नै छ। हाम्रो धर्म हाम्रो संस्कृति यथाशक्ति र यथाभक्तिमा आधारित छ अर्थात् जति मनमा श्रद्धा छ त्यती भक्ति गर्दा पर्याप्त हुन्छ। समाज को अर्को व्यक्तिले गरेको भक्ति को निन्दा नगरी आफ्नो भक्तिभाव प्रकट गर्ने स्वतंत्रता हाम्रो संस्कृतिले प्रदान गरेको छ। हाम्रो संस्कृतिमा जन्म देखि मरण सम्म आवष्यक पर्ने सम्पूर्ण गतिविधिहरूको समावेष गरेको छ। हाम्रो संस्कृतिको सम्बन्धमा कुनै लिखित आधार नभए पनि परम्पराको आधारमा प्रचलित केही विशेषताहरू प्रचलित छन
‘‘बर पीपल लगाउने, चौपारी चिन्ने, पोखरी खन्ने हाम्रो संस्कृति , ठाटी पौवा, विद्यालय निर्माण गर्ने हाम्रो संस्कृति, ईष्वरमा आस्था कर्ममा विष्वास गर्ने हाम्रो संस्कृति, बराह पूजा, बालुकंठको पूजा, सपौदीमा पूजा हाम्रो संस्कृति, देउराली र मंदलीको पूजा गर्ने हाम्रो संस्कृति, शिवजी, गणेसजी, लक्ष्मीपूजा, दुर्गा पूजा हाम्रो संस्कृति, कालिका, मालिका र भैरमको पूजा गर्ने, नृत्य गर्ने हाम्रो संस्कृति, लाखे नाच्ने, भैराम नाच्ने, दशैको सराय, देउसी भैलो हाम्रो संस्कृति, काली गाई र माली गाई को पूजा हाम्रो संस्कृति, नागको पूजा, काग को पूजा हाम्रो संस्कृति, सप्ताहमा ७ दिन उपवास गरे पनि हुने, एक दिन गरे पनि हुने, नगरे पनि केही नहुने हाम्रो संस्कृति, अमावष्य, एकादशि, पूर्णिमाको विशेष महत्व राख्ने हाम्रो हाम्रो संस्कृतिस, ठूलो लाई सम्मान, सानो लाई स्नेह गर्ने हाम्रो संस्कृति, ज्ञान र बुद्धि दिने हाम्रो संस्कृति, गरीबको सेवा दु:खीको सेवा गर्ने हाम्रो संस्कृति, साफ सफाईमा ध्यान दिने लुतो फाल्ने हाम्रो संस्कृति, हाम्रा असारे गीत, हाम्रा तीजका गीत, काठेपिंगमा नाच्ने हाम्रो संस्कृति, दशैमा टीका, आशिर्वाद, तीहारको टीका, तीहारको भैलो, तिहारको जवा हाम्रो संस्कृति, फागूका गीत, रतौली गीत हाम्रो संस्कृति, लागो र सातो, वायु बोक्सी धामी र झाक्री हाम्रो संस्कृति, कुकुर को पूजा, कौआ को पूजा हाम्रो संस्कृति, अनेकता मा एकता को हाम्रो संस्कृति अनुशासन र कर्तव्यको हाम्रो संस्कति, वन जंगल को रक्षा गर्ने हाम्रो संस्कृति, कुबिन्डाको बली, बाख्राको बली, कुखुराको बली, पाड़ाको बली हाम्रो संस्कृति, जन्ममा भण्डारा, मृत्युमा भण्डारा आउने जाने दुबैलाई स्वागत गर्ने हाम्रो संस्कृति।’’
उपरोक्तानुसार हाम्रो वृहद संस्कृतिका रचनाकार, व्याख्याकार, एवं संरक्षणकर्ताकोको दूरदर्षिता जसले सबै महत्वपूर्ण बिन्दुहरूलाई सिलसिलेवार कानूनको पुस्तकमा जस्तै समावेश गरी दिनुभएको छ।

हामीलाई केही नवीन सृजना को आवस्यकता छैन। यसको अतिरिक्त हामीलाई आवस्यकता अनुसार संसोधन गर्न सक्ने अधिकार र सुविधा पनि प्राप्त छ। वर्तमान समयमा यस महान संस्कृतिका केही भागहरू लाखे नॉच, भैराम नॉच आदि विलुप्त भई सक्ने अवस्थामा छन् । तथा अन्य केही परम्पराहरू जस्तै हाम्रो गाउघरमा भजनहरू, असारे गीतहरू, तीजका गीत, तीहारको भैलो आदि यू ट्यूबमा समाहित भएका छन। यदि हामीले हाम्रो संस्कृतिको संरक्षणमा केही योगदान दिन सकेमा हाम्रा संस्कृतिका सिल्पज्ञहरूको सम्मान हुने तथा हाम्रो भावी पीढ़िको लागि एक उदाहरण प्रस्तुत हुने थियो।
’’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार