असत्यमाथि सत्यको विजय भएको दिन : होलि आज मनाइदै

माधव बेल्वासे / पाणिनि न्युज डट कम ,अर्घाखाँची

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोस्लासका साथ मनाईदै छ ।
होलि पर्व अर्घाखाँचीका विभिन्न स्थानमा पनि आज एक आपसमा रंग साटासाट गरि धुमधामका साथ मनाइदै छ । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलिका हिरण्यकश्यपु राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् ।

त्यसको विपरित हिरण्यकश्यपुका छोरा प्रह्लाद भगवान् विष्णुका ठूला भक्त थिए । बुबाले बारम्बार सम्झाउँदा पनि उनले विष्णुप्रति आफ्नो भक्ति त्यागेनन् । उनी राक्षसका राजा थिए भने भगवान विष्णु देवताका संरक्षक पनि। यसरी आफ्नो विरोधीको पक्षमा लागेपछि हिरण्यकश्यपुले प्रह्लादलाई मार्ने योजना बनाएका धार्मिक किम्वदन्तिहरुमा उल्लेख गरिएको छ।

ब्रह्माबाट वरदान पाएकी आफ्नी बहिनीको प्रयोग गरी उनले छोरा प्रह्लादको हत्या गर्ने योजना बनाएका थिए । उनले होलीकासँगै आगोमा राखेर प्रह्लादलाई जलाउने योजना बनाए, तर भगवान् विष्णुको शक्तिका कारण प्रह्लादलाई केही भएन बरु होलिकाले आफ्नो बरदानको गलत प्रयोग गर्न खोज्दा जलिन् भन्ने मान्यता राखिन्छ । त्यो दिन फागुन शुक्ल पूर्णिमाको दिन थियो भन्ने धार्मिक मान्यता छ ।

अर्कोतर्फ वैदिक कालमा समेत यो पर्व मनाउने गरेको साहित्यिक प्रमाण पाइन्छ । सो समयमा यस चाडलाई ‘नवनेष्टी’ भनिन्थ्यो । यसदिन खेतको आधा पाकेको अन्नलाई हवन गरेर प्रसादको रूपमा वितरण गर्ने चलन छ । यस्तो अन्नलाई ‘होला’ भनिन्छ, त्यसैले यसलाई होलिका उत्सवको रूपमा मनाइन्थ्यो ।

फोटो : प्रकाश प्युठानी

यो चाडलाई नवसंवत्सरको आगमन तथा वसन्तगमको उपलक्ष्यमा गरिएको यज्ञको रूपमा पनि मान्ने गरिन्छ । केही मानिसहरू यस चाडलाई अग्निदेवको पूजा गरेर पनि मनाउने गर्छन् । मनुको जन्म पनि यही दिन भएको मानिन्छ ।होली परिवार र साथीभाइका बीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालिएको कथन पनि उल्लेख छ । यहि कारण तराईमा भोलिपल्ट मनाउने संस्कृति बन्यो । पछि यही आधारमा सरकारले बिदा समेत २ दिन दिन थालेपछि झनै यो २ दिने पर्वको रूपमा विकास भयो ।

कोरोना माहामारिका कारण यस वर्षको होलि परिवार र नजिकका साथिभाईका बिचमा सिमित रहेको पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार