२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अरुलाई मूर्ख बनाउने दिवस आज :अप्रिल फुल्स डे, कसरि शुुरु भयो यस्तो दिवस मनाउँने चलन

माधव बेल्वासे / पाणिनि न्युज डट.कम.

संसारभर आज अर्थात १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाउने गरिन्छ। आजका दिन धेरैले एकअर्कालाई झुक्याउँने अनि जिस्क्याउँने गर्दछन र पनि अन्य दिन जस्तो मजाक गर्ने र झुक्याउने सँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो ।यसका केहि फरक फरक भनाई तथा किंवदन्तिहरु प्रचलनमा छन् । जुन केहि यस्ता छन् । एउटा किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाउने गरिन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर सार्वजनिक गरेपछि रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डरलाई स्विकार गरे पनि कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै नभएको र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउने गरेको उल्लेख छ । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाएको भन्ने भेटिन्छ।
अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी पनि छ जसमा भनिएको छ, पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले प्रयोगमा ल्याएको थियो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरेका थिए । जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थालेको बताइन्छ तर अप्रिल महिना देखि नयाँ वर्ष मान्ने बानि परेकाहरु फ्रान्सकै कतिपयले यो परिवर्तनलाई सहज रुपमा मान्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थालेको र अप्रिल पहिलो दिनलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरेको भन्ने पनि भेटिन्छ ।
यसरी पहिलो अप्रिललाई वर्षको शुरुवात मान्नेहरूलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउने तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउने त्यहीबाट नै अप्रिल १ का दिन अरुलाई मूर्ख बनाउने प्रचलनको शुरुवात भइृ संस्कारकै रुपमा बिकास भएको मानिन्छ ।
अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दावी पनि नभएका होइनन् अर्को एक किम्वदन्ती अनुसार १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भनिन्छ, र यस दावा अनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिलको रुपमा अर्थ लगाएका छन् । यतिबेला पनि झुक्याउने खेल हुन्थ्यों भनिएको छ तथापि, १ अप्रिल कतै उल्लेख भएको पाईदैन । केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक भनाईमा १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किंवदन्ती प्रचलनमा छन् ।

१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैं चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबीच भागदौड नै मच्चियोको थियो , डराएका मानिसहरु लामो समय लुक्दा समेत बम नपड्किएपछि उनीहरु फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल । उल्लेख भएका विषय बाहेँक अरु भनाईहरु पनि इतिहासमा भेटिने गर्दछन् ।तर जसरि शूरु भएको भएतापनि एक अर्कालाई विश्वासमा पारेर फन्टुस बनाउने अनि भुलभुलैयामा पार्ने यो पाश्चात्य संस्कृति अहिने नेपालका शहर देखि गाँउसम्म प्रयोगमा आउन थालेको छ । सामान्य रुपमा मजाक गर्नु रमाईलो मानिएपनि दुख दिने र गैरमानवियता प्रदर्शन गर्ने गरि गम्भिर विषयमा अरुलाई ढट्याउने वानिको अनुसरण राम्रो हुन सक्दैन ।
बिभिन्न कथ्य र समाचार माध्यमहरुको सहयोगमा संकलित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार