कृषि ज्ञानकेन्द्र अर्घाखाँचीको आयोजनामा स्थानिय तहका प्राविधिक संगको अन्र्तरक्रिया कार्यक्रममा किसानकै लापर्बाहीका कारण कृषिको बजेट फ्रिज हुने गरेको भन्ने कुराहरु सार्वजनिक भएपछि जिल्लाको पाणिनी गाँउपालिका वडा न. ५ निवासि भविन्द्र घिमिरेले कृषि ज्ञान केन्द्र अर्घाखाँचीका नाममा खुलला पत्र लेख्नुभएको छ ।
कृर्षि ज्ञान केन्द्र अधिकृत ज्यु
नमस्कार !
यहि मङ्सिर २१ गते कृर्षि ज्ञान केन्द्रकाे अायाेजनामा सवै पालिकाका कृर्षि प्राविधिक सगकाे अधिकृत र सराेकारवाला सग अन्तर्कि्रया ,गाेष्ठि गरिएकाे रहेछ ।प्रतक्ष्य रुपमा सहभागि साथिहरु तथा केहि समाचारका अाधारमा साे गाेष्ठिमा कृर्षि वजेट फ्रिज हुनुमा किसानलाई दाेषि ठह्राईएकाे रहेछ ।यस विषयमा सराेकारवाला सग मेरा केहि प्रश्न छन ।कृपया उपयुक्त समाधान दिन झर्काे नमान्नु हाेला ।
१) वजेट वनाउदा कृषककाे सक्रिय सहभागिता हुन्छ कि हुदैन ।
२) कृर्षि याेजना वनाउदा वा भुगाेल तथा कृर्षकका मागका अाधारमा गरिन्छ कि कार्यालयकाे टेवुल वर्क काे आधारमा ?
३)याे अनुदानकाे कार्यक्रम वनाउनु भन्दा सक्रिय कृषकलाई सफ्ट लाेनकेा व्यवस्था गरि वैक सग पालिकाले साझेदारि गर्दा के हाेला ?
४) उत्पादन पछि उत्पादनका अाधारमा अनुदान दिदा के हाेला ?
५) विउ मल वितरण गर्दा व्यवसायिक कृषकलाई पहिलाे प्राथमिकतामा राख्ने अनि सवै गाउका कृषक समुह मार्फत वितरणकाे व्यवस्था मिलाउदा कसाे हाेला ?
६) घासकाे विउ वितरण वर्षेनि गरेर लाखाै रकम वाहिर पठाउन भन्दा विउ पकेट क्षेत्रका लागि घाेषणा गरि किसानवाट नै खरिद गर्दा हुदैन र ?
७)पालिकामा लाखाैकाे कृर्षि कार्यक्रम हुदा पनि साना किसानलाई अत्ताे पत्ताे नहुनुकाे दाेषि हामि सवै हाेईन र कि किसान नै हाे ?
८)जहा जे उत्पादन हुन्छ त्यहा तेहि उत्पादन गर्दा किसान लाभान्वित हुने र वजेट पनि खर्च हुने हुदा तेसाे गर्न सकिदैन र?
९) किसानकाे उत्पादन वजार सम्म पुर्याउन र वजारिकरणकका लागि पालिकामा डेक्स स्थापना गरेरै काम गर्दा हुदैन र ?
१०)माथिका कार्य गर्न हामि सवै लागे सफल भईदैन र ? त्यसकेा लागि ज्ञान केन्द्रले समन्वयकारि भुमिका खेल्न सक्दैन र ?
कृर्षि ज्ञानकेन्द्र अर्घाखाँचीलाई खुला पत्र
तपाईको प्रतिक्रिया