२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

पाणिनि गाँउपालिकामा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाले पायो तीव्रता

आगामी शैक्षिक सत्रमा संचालनमा आउनेगरी थालिको काम

डिआरजी सुमन
आईतवार २४ पौष दुर्गाफाँट,अर्घाखाँची ।

नेपालको संविधानले केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घ, प्रदेश र स्थानीयतहमा अधिकारको स्पष्ट बाँडफाँड गरी तीन तहका सरकार बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारितहुने व्यवस्था गरेको छ । संविधानको अनुसूची ८ मा आधारभूत र माध्यमिक शिक्षाको एकल अधिकार स्थानीय तहलाई प्रदान गरिए वमोजिम नै उक्त अधिकारको कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले शिक्षासम्बन्धी २३ वटा अधिकारहरू स्थानीय तहलाई दिइएको छ ।
यसै शिलशिलमा अर्घाखाँची जिल्लाको पाणिनि गाँउपालिकाले आगामी शैक्षिक सत्र २०८० देखी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउनेगरी तयारीमा जुटेको पाणिनि गाँउपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत तेज बहादुर खनालले जानाकारि गराउनुभएको छ ।
स्थानीय ज्ञान,सिप,प्रविधि,कला र व्यावसाय लाई समेटने गरी पाठ्यक्रमको तयारी भएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदल समिति सदस्य राजेन्द्र पौडेलले वताउनु भएको छ । स्थानीय स्तरमा निर्माण हुने पाठ्यक्रमले विद्यार्थीमा स्थानीय ज्ञान सिप प्रविधि सँगै लगनशीलता र अनुशासनको विकासमा प्रत्यक्ष प्रभाव पार्ने गरी विद्यार्थीहरुलाई प्राथमिकतामा राखी पाठ्यक्रम निर्माण भईरहेको स्थानीय पाठ्यक्रम निर्माण कार्यदल समिति सदस्य लक्ष्मण गौतमले वताउनु भएको छ ।
पाणिनि गाँउपालिका स्थित स्थानीय सरोकारवालाहरुको समन्वयमा आवश्यकताको आधारमा स्थानीय विषयवस्तु समावेश हुने गरी स्थानीय पाठ्यक्रम निर्माण कार्य अगाड़ी वढाईएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदल समिति सदस्य ठाकुर प्रसाद गौतमले वताउनुभएको छ । स्थानीय ज्ञानको आधारलाई प्रभावकारी वनाउने गरी पाठ्यक्रम निर्माण कार्यलाई अगाड़ी वढाईएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदल समिति सदस्य मिन वहादुर थापाले वताउनु भएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले आधारभूत तहको कक्षा १ देखि ०८ सम्म एउटा विषय स्थानीय विषय स्थानीय तहले निर्माण गरी कार्यान्वयन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । यसै नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नका लागि पाणिनि गाँउपालिका भरका विद्यालयहरूमा आधारभूत तहमा लागू गर्ने गरी कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माणको लागी तयारी तिब्र पारिएको हो ।
स्थानिय तह कार्यन्वयनमा आएको करिव ६ वर्ष वित्नै लाग्दा पनि कतिपय स्थानिय तहले अझै यसको तयारि गर्न सकिरहेका छैनन भने कतिपयले यसको अभ्यास गर्ने तयारिमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार