४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

विश्सनिय मिडियाको लागि स्वतन्त्र मिडिया आयोग

भविन्द्र घिमिरे / अर्घाखाँची
नेपालमा मिडियाको अवस्था जनविस्वास र मर्जरवारे वहस अनिवार्य छ ।खासगरि रास्वपा पार्टिका नेता रवि लामिछाने सरकारवाट वाहिरिएपछि पत्रकार सम्हेलनमा नेपालि मिडियामाथि लगाएका आरोप अत्यन्त चासो युक्त छन। उनले उठाएका विषयमा विषय ,पारदर्शिता र विस्वस्नियतामाथि नै प्रश्न उठेको छ ।सन्चार विभागका रुपमा नेपालमा अहिले झन्डै १० हजार मिडिया भइसके। चार हजार त अनलाइन नै छन्। पत्रिका होलान् चार पाँच हजार। हजार बाह्र सय रेडियो पुगे। दुई तीन सय त टेलिभिजन छन्। अझ यसमा सामाजिक सन्जाल फेसवुक ,टुईटर लगायतका पेजमा आउने कतिपय व्लग र पेजमा आउने विचारको लेखाजोखा छैन ।
दुई करोड ९० लाख जनसंख्या भएको सानो देशमा कसरी यति धेरै मिडिया छन् ? नेपालको धेरैजसो भूभाग गाउँ र दुर्गम छन्। तिनमा रेडियो र अन्य मिडियाको हत्तपत्त पहुँच पुग्दैन। धेरै मिडिया शहरकेन्द्रित छन्। तर यति धेरै मिडिया कसरी चलेका होलान् ? कुन आर्थिक स्रोतले चलेका होलान् ?
देशमा उद्योगधन्दा फस्टाएको छैन। काम गर्ने प्राय मान्छे बाहिर छन्। देशभित्र रेमिट्यान्स छिराउनैका लागि विज्ञापन दिइराख्नु पर्दैन। उद्योगधन्दा फस्टाउनु भन्दा दुब्लाएको मुलुकमा यति धेरै मिडिया कसरी चलेका छन् ? कति विज्ञापनबाट चल्छन् ? कति स्पन्सर्ड सामग्रीबाट चल्छन् ? कति अदृश्य आर्थिक स्रोतबाट चल्छन् ? कति कूटनीतिक नियोगका अजेन्डा सेटिङ र पैसाबाट चल्छन् ? यसको हामीसँग हिसाब छैन र यो कुरा गम्भीर हो।

यसै सन्दर्भमा नेपालमा नाम चलेका कतिपय मिडिया विदेशी कूटनीतिक निकायबाट पैसा ल्याएर चलेका अनि त्यस विषयमा बबन्डर भएर सार्वजनिक भएपछि चाहिँ हामीले यति खाएको हो। हामीले यति लिएको हो भनेर म म भनेका उदाहरण पनि छन्। विज्ञापन अभावकै कारण मिडिया चल्न सक्ने अवस्था छैन। चल्न नसक्दा जसरी बैंकहरू मर्ज हुन्छन्, मिडिया पनि मर्जरुमा जानुपर्‍यो। हामीलाई यति धेरै मिडिया किन चाहियो ? यस्तोमा कुनै शक्तिशाली र स्वतन्त्र मिडिया आयोगले मिडियाको बाटो देखाउन मद्दत गर्न सक्छ।

गाउँतिर तित्राको मुखै बैरी भन्थे, शहरमा रवि सरको मुखै बैरी भन्न थाले।रवि सरले चौतर्फी फायर खोलेपछि सरजी आफू त सर्वाङ्ग चिनिए नै, निज हजुरका छायानेताहरू पनि चिनिए।कोही बोलेर चिनिए,कोही नबोलेर चिनिए।निर्मम समय मानिसको कृत्रिम आवरणलाई धूजाधूजा पार्न सदैव। समय सजग छ।समयले नै सवैलाई सवक सिकाउछ । विषयमा स्वतन्त्रता भए पनि जिविकामा व्यवसायिकता र धनको आवश्यकता पर्छ नै ।ठुला मिडिया हाउसले सन्चारकर्मिलाई दिने सुविधा अपर्याप्त रहनुको कारण पनि पत्रकारितामा वार्गनिङको अवस्था आउनु प्रमुख कारण हो ।यि विषयमा गम्भिर रुपमा छानविन र ध्यान दिन नेपालमा स्वतन्त्र मिडिया आयोगको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार