कासिराम घिमिरे ।
खासमा राजनिती समाजसेवा देशसेवार नजसेवा मानिन्छ देशमा हरेक समस्याहरु राजनिती ले निकास निकाल्ने गर्दछ ।समय अनुसारको परिवर्तन देशका समस्या जनताका समस्याहरु लगायत धेरै कुराको परिबर्तन राजनितीले गर्न सक्छ।जसमा सक्षम साथै देश र जनताको लागि बुझने नेतृत्वको आबस्यकछ ।सक्षम नेतृत्व कै कारण छिमेकी देशहरु धेरै अगाडि गइसके हामी जहाँको तहि छौँ । राम्रो नेतृत्वमा सहकार्य एकताको भावना हुन्छ।राम्रो योजना हुन्छत्यहीँ योजनाले देशलाइ सक्षम र बिस्वमै उदारणिय बनाउनसक्छ ऐलेको जनमत भनेको कुनै पार्टिको पनि स्पष्ट बहुमत छैन जसमा नेपाली जनताले यो आगामी पाँचबर्ष को लागि सहमती ,सहकार्य र एकता गरि सरकार चलाउन अनुमती दिएको देखिन्छ ।तर यसैको बिपरित नेपालमा फेरि एकपटक राजनितिक अस्थिरता देखिदैछ ।पौष दशमा भएको नेकपा एमाले र माओबादी लगायत विभिन्न दल मिलि भएको सहमतीअनुसारको सरकार अन्ततह छोटो समयमा धरापमा परेको छ । अन्ततह प्रधानमन्त्री ले नै अक्षरस पालना नगर्दा सहमती अनुसार नहिडदा असफल देखिएको छ ।पौष दशको जुन सम्झौता थियोत्योसहमती तोड्नु भनेको एउटा अबिस्वास नियकार्य गर्नु बुझिन्छ। जुनकुरामा काममा अडिक हुँदैन उक्त लक्ष अनुसार हिडिदैन भने खासै त्यसको अर्थ हुँदैन । खाली सत्तास्वार्थ र जुँघाको लडाइँ गर्दापनी र एउटा लगनसिल साथै देशर जनतालाइ संम्झेर भित्रि आत्मदेखी नसोच्दा सायद यो स्थिती आउँछ।
देशमा लोकतान्त्रिक गणतन्त्र पछिका कुनैपनी सरकार स्थिर तहले चल्न सकेका छैनन । यहाँ सधै सत्ता प्राप्ति र राजनितिकखिचातानीमात्रै देखिन्छ।देशमा रहेका राजनितिक ठुला पार्टी हरुले देश र जनता संम्झेर छातिमा हात नराख्दा देश र जनताबारे भित्री आत्मदेखी नसोच्दा यो अबस्था आएको पाइन्छ ।समय समयमा राजनितिक परिवर्तन नभएका होइनन् प्रजातन्त्र, लोकतन्त्र ,गणतन्त्र लगायत माओवादी दन्दको समाधान लगायत नयाँ संविधानपनि जारी भएको अबस्थामा पनि नेतृत्वकर्तालाई जनभावना अनुसार काम गर्न कसले रोकेको छ । देशले राजखोजेको स्थित सरकार बिकास निर्माणउधोग धन्दाको बिकास रोजगारी आर्थिक स्थिरता हो । देशमा उत्पादन गरि बिदेशमा निर्यात गर्ने बस्तुहरु निकै कम देखिन्छ सबैजसो बस्तुहरु बिदेश बाटै आयाता गरिन्छ ।बीस खर्वमाथिको आयात हुँदा निर्याततीन खर्वको हाराहारी पनि देखिदैन ।कृषि प्रधान देशमा एक खर्व माथिको खाध्यान्यबस्तु स्वदेश भित्रीएको छ ।खेतियोग्य जमिनमा घर घडेरी बनाइएको छ ।जनतन किसानले उत्पादन गरेको स्वदेशी तरकारी हरु कित बिचौलियाले कम मुल्यमा लिन्छ्न त्यहीँपनि नबिकी बाटोमा बेला -बेलामा बाटोमा नबिकी बाटोमाफाल्ने गरेको पाइन्छ देशमा भारतिय तरकारी किन ल्याइन्छ ।यसको समाधान कहिले हुन्छ ।किन यस्तो अबस्था आउँदा पनि नेतृत्वकर्ता आफ्नो बारेमा मात्रै सोच्ने गर्दछ्न ।देशर जनतालाई यिनिहरुले कहिले सोच्ने। जसको लागि सत्ता स्वार्थ भन्दापनी एउटा सक्षम नेतृत्व आज देशले खोजेको हो। देशमा आज यो अबस्थामा आर्थिक मन्दी जस्तै देखिएकोपाइन्छ ।बैक लगायत आर्थिक सस्थाहरुले ऋण राम्रोसँग प्रभाव गर्न सकेको पाइदैन ।यसको समाधान कसरी गर्ने ।यसैगरी राजनितिक बेइमानी गरि सरकार अस्थिर बनाएर स्वार्थी राजनितिले देशलाइ कता पुर्याउछ ।लाखौ युवाहरुस्वदेश भित्र रोजगारी नपाएर बिदेश जान बिवस छ्न बिदेसिने युवाकोसधैं ताती देखिन्छ ।उनिहरुको काम गर्न जानेदेश कतिको सुरक्षीत छ।सरकारले सोचेको पनि देखिदैन उक्तदेशको हावापानी बाताबरण काम गर्न योग्यछ छैन भबिस्यमा स्वास्थ्यमा के कस्तो समस्या आउँछ त्यो ध्यान देखिदैन ।
देशमा आर्थिक सङ्कट आइरहेको यस्तो अबस्थामा पनि यसको समाधान सरकारको स्थिरतालिएर नेपाली जनताको जनमत लाई कदर गरि आर्थिक स्थायित्व गरि बिदेशी लगानि भित्र्याउनु र देशमा उधोग धन्दाको बिकास गरि रोजगारी सिर्जना स्वदेशि उत्पादन बढाउने बिदेशी बस्तुको आयातमा कमि स्वदेसि बस्तुको बिदेश निर्यात गरि देशमा आर्थिक स्थायित्व बढाउने त्यसैगरी शान्तिसुरक्षा चुस्त दुरुस्त राख्ने गुणस्तर युक्त स्वास्थ्य शिक्षाछिटो चुस्त प्रशासनसेवा दुखिको घाउमा मलाम जनतालाइ गाँस बास कपासको ब्यबस्था देशमा गरिबी कम गर्ने उपाय मिचिएका सिमानाहरुको कुटनैतिक बार्तागरी फर्काउने लगायत बर्तमान सरकारका प्रारथमिक हुनुपर्थ्यो तर यस्तो समयमा पनि यो सरकार यसबाट पछि हटेकोजनमतको कदर गरेको देखिएन ।
यस्तो अबस्थामा पनि सहमती अनुसार नचल्नु सहकार्य एकता नचाहनु सहकार्य कर्ता लाई धोका दिनु ।आफ्ना जिम्मेवारि हरुलाइ पूरा नगर्नु अफ्ना अभिभारा हरुलाइ पूरा गर्न नसक्नु भनेको जनतामाथिको धोका र देशलाइ धेरै भन्द धेरै घाटा हो र आफैलाइ पनि भबिस्यको अबिस्वासिलो पात्र बनाउनुहो साथै आफ्नो भबिस्व अन्धकार तिर लग्नु हो ।यस्ता असफल नेतृत्व बर्तमान अबस्थामा देशले खोजेको होइन एउटा नेपाल ल नेपाली जनता र देश सम्झी स्वच्छ छविको नेतृत्व देशले खोजेको हो ।