४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

अर्घाखाँची : पाणिनी गाउँपालिका आलुको बीउ उत्पादनमा आत्मनिर्भर बन्दै

माधब पौडेल , चैत्र ८ अर्घाखाँची ।
अर्घखाँची जिल्लाको पाणिनी गाउँपालिका आलुको बीउ उत्पादनमा आत्मनिर्भर बन्न लागेको छ ।पाणिनी गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत अनुदानमा लागू गरिएको किसानका लागि बीउ पहुंच कार्यक्रम र बीउ उत्पादन कार्यक्रम प्रभावकारी हुने देखिएको छ ।

पाणिनी गाउँपालिका कृषि साखा ले पाणिनी गाउँपालिका भित्र का किसान हरु लाई २५ मेट्रिकटन भन्दा बढी आलु को बीउ वितरण गरेको थियो । ढाई रोपनी को जग्गामा आलु लगाएका कृषक निलकण्ठ गौतम ले ३० देखि ३५ क्यूनटल आलु उत्पादान गर्ने बताउँछन् । पाणिनी गाउँपालिका कृषि क्षेत्रको सम्भावना बोकेको गाउँपालिका पनि हो ।पाणिनी गाउँपालिका दूध मा आत्मनिर्भर बनिसकेको छ भने फलफूल जात अन्तर्गत सुन्तला मा जिल्लामै आत्म निर्भर बनेको छ ।पाणिनी गाउँपालिकाको पणेना सिम्लेबाट मात्रै बार्षिक ३ करोड भन्दा माथिको सुन्तला निर्यात हुने गर्दछ ।उता कलिलो उमेरमै कृषिमा केही गर्नु पर्छ भनेर लागिका युवा कृषक सुदिप जिसीले ४ कठ्ठा जमीनमा सुगर फ्री आलु लगाएका छन् भने सामूहिक रूपमा २५ हजार टमाटरका बिरुवा लगाएका छन् । उन्ले बिदेसिएका आफू जस्तै युवाहरुलाई विदेश गएर लगाउने लगानी नेपालमै गर्ने हो भने त्यसको दोब्बर आम्दानी गर्ने बताउँदै पालिकाले किसानहरुलाई कसले कस्तो गरेको छ सोही अनुरूप अनुदान दिन सल्लाह दिन्छन्।

पाणिनी गाउँपालिका का ८ वटै वडामा आलुको बीउ उत्पादन कार्यक्रम लागू गरिएको छ ।गाउँपालिकाले आलु उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ भने किसानहरु यो कार्यक्रम देखि उत्साहित भएका पाणिनी गाउँपालिका कृषि अधिकृत मेगराज पौडेल बताउछ्न । पाणिनी गाउँपालिका किसानले उत्पादन गरेका तरकारी ,फलफूल बुटवल,पाल्पा,भैरहवा, सन्धिखर्क लगायतका सहरहरूमा निर्यात हुँदै आएको छ। किसानहरुको अवस्थालाई हेरी पालिकाले उनीहरुलाई प्राथमिकीकरणमा राख्दै पालिकाबाट दिने सेवा सुविधाबाट वञ्चित हुन नपर्ने पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल बताउछिन ।

साथै उनले पाणिनीका किसानको मुख्य समस्या बजारिकरण भएकोले त्यस तर्फ पनि पहल गर्ने पनि बताउँछिन । पछिल्लो समय दैनिक हजारौंको संख्यामा देशको जनशक्ति बिदेसिएका बेलामा पाणिनी गाउँपालिकाका किसानले गरेको यो कर्मले गरे के हुँदैन र भन्ने गतिलो उदाहरण हुन सक्छ ।त्यसैले आफ्नो ठाउँमा जुन खेती उपयुक्त हुन्छ त्यसैलाई व्यवसायिक रूपमा गर्ने हो भने आत्म निर्भर बन्न सकिने किसानहरुको पनि ठम्माई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार