२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

सामुदायिक “वन – बाटिका” एक परिकल्पना

राम प्रसाद बेल्बासे,
पाणिनि गाउँपालिका वार्ड नम्बर ७, झन्द्रेक / अर्घाखाँची ।

‘‘हरियो वन नेपालको धन’’ भन्ने मूल वाक्यलाई आत्मसाथ गरी बस्तीको नजीकमा रहेको वनलाई सामुदायिक वन’ बनायौँ। सामुदायिक वनमा घॉस, दाउरा, गौचरण आदिमा प्रतिबन्ध पनि लगाई दियौँ। यसको प्रतिफल आसपासका खलखले डाँडामा हरियाली नै हरियाली भरियो। पहिरो जान छोड्यो। खोलाहरू बढने, नोक्सान पुर्याउने काम कम हुन थाले। सुक्दै गएका पानीका मुहानहरू पुनः केहि र्सिर्सन थाले । खोलामा पानीको प्रवाह समान रूपमा हुन थालेको देखिन्छ। गर्मीको समयमा बन्द हुने पानी मिलहरू नियमितरूपमा चल्न थाले। विलुप्त हुदै गएका पशुपंक्षीहरू, चराचरीहरू देखा पर्न थाले, कोईली चरीले काफल पाक्यौ भन्ने आवाज सुनाउन थाले । प्राकृतिक विपदहरूको स्तर घटदो रूपमा छ। वन जंगलको क्षेत्रफलमा वृद्धि भयो। पारीस्थितिकीय संतुलनमा योगदान दिने जीवजन्तुहरू को संख्यामा सन्तुलन आउन थालेको छ। पर्यावरण संरक्षण गर्न हाम्रो मूल मंषा हासिल गर्न सफल भएका छौ, नया ऐतिहासिक कृतिमान कायम भएको छ।

यस प्रकार प्राप्त उपलब्धिले हाम्रो क्षेत्रगत परिचयलाई पनि अझै ख्यातिलब्ध बनाई दिएको छ। वर्तमान परिप्रेक्ष्यमा हामीले नै संरक्षण दिएर पालेका वन, जंगल तथा हामीले हुर्काएका वृक्षहरू, वन्यजीवहरूको लागि उचित आश्रय स्थल बनेको हुँदा विभिन्न प्रकारका हिंस्रक प्रवृतिका जानवरहरू, बाघ, भालू, विषालु सर्पहरू, जंगली सुगुर, बादर आदि देखा पर्न थालेका छन । उनीहरूको संख्या अत्यधिक मात्रामा वृद्धि भई रहेको छ। यसका कारण यहॉ ग्रामिण क्षेत्रमा बसोवास गर्नृ मानिसहरू जंगली जानवरका आक्रमणका शिकार भएका अनेकौँ उदाहरण देखिएका छन तथा भय र त्रासयुक्त जीवन बिताउन बाध्य भएका छन। वन्य जीवजन्तुका कारण यहॉका बस्तीमा पालिने पाल्तु पशुचौपायाहरु , खेतीपाती आदि पनि सुरक्षित अवस्थामा छैनन्। अनियंत्रित वन जंगल भएको हुदा प्रतिवर्ष गर्मीको समयमा वनजंगलमा आगलागी हुदा अनेकौ बस्ती नै उजाड हुने गरेका छन।

अर्को नकारात्मक पक्ष केही असामाजिक तत्वहरू जंगलको आश्रय लिएर यात्रुहरूलाई लुटपाट गर्ने गरेका यदाकदा घटना पनि हाम्रो सामु देखिन्छन। वन, जंगलको रक्षा गरी राष्ट्रीय अभियानलाई सफल बनाउने हाम्रा प्रयासका उपरोक्त नकारात्मक पक्षलाई ध्यानमा राखि मानव बस्तीहरुको नजिकै स्थित ‘सामुदायिक वन’ लाई ‘वन बाटिका’ को रूपमा परिणत गर्नु पर्दछ। यस्ता वन टिकामा ठूला ठुला वृक्षहरू (बर, पीपल, स्वामी, लाकूरी) औषधिजन्य (हर्रा, बर्रा, चौतारी), फलफूलजन्य (बेलौती, ऑप, चिउरी, खल्टू, अमीला, आरू, नाषपाति) आदि वृक्षहरू स्थानीय भौगोलिक अवस्थितिलाई ध्यानमा राखि वृक्षारोपण गर्ने प्रयास गर्न सकिन्छ। जल संरक्षणको क्षेत्रमा पानीका पोखरीहरू खन्ने, पोखरीको वरीपरी विभिन्न प्रकारका हरियाली युक्त वृक्ष लगाउने आदि कार्यले क्षेत्रको सुन्दरतालाई रमणिय बनाउन सकिन्छ। अनियंत्रित आगजनीको प्रकोप बाट बच्न सकिन्छ। ‘वन बाटिका’ को विकास गर्ने, पोखरी खन्ने जस्ता कार्य गरी धार्मिक पूण्यलाभ, स्वच्छ वातावरणको परिकल्पना तथा भावी पिढीलाई अर्को नया ‘आपपाटो’ मिल्ने थियो। यसका अतिरिक्त व्यक्तिगत स्तरमा सामान्य प्रयासबाट आफ्नो नीजि सम्पत्तिमा घासजन्य (बांस, काब्रा, फोर्सा, चिफ्ले )आदि वृक्ष्यहरू लगाउने कार्यले पनि पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार