१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

लगातार ४ पटक रनिङशिल्ड जित्दै द्यौराली माविले रच्यो ईतिहास

अर्घाखाँची

पाणिनी गाउँपालिकामा संचालित विद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि लगातार ४ पटक जित्दै  द्यौराली मावि पटौटीले ईतिहास रचेको छ । छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि हात पारे सँगै  द्यौराली माविले यो इतिहास रच्न सफल भएको हो । विभिन्न विधामा भएका स्पर्धामा  द्यौराली माध्यमिक विद्यालयले ७ स्वर्ण सहित आफुलाई यस पटक पनि अब्बल राख्न सफल भएको हो ।प्रतियोगितामा ४ स्वर्ण जितेको कमला माध्यमिक विद्यालय पालि दोस्रो तथा समान ४ स्वर्ण जितेको हरिहरि मा.वि. तेस्रो भएका छन् ।जम्मा २४ स्वर्णका लागि भएका प्रतिस्प्रधामा पालिकाका १६ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यस्तै आज भएको भलिवल छात्र तर्फ सिद्ध माध्यमिक विद्यालय र छात्रातर्फ  द्यौराली माध्यमिक विद्यालयले जित हात पारेका छन् । पौष १७ गतेबाट शुरु भएको प्रतियोगिता १९ पुसमा  समापन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार