१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

भुसाल दाजुभाइले स्थापना गरे १० लाखको अक्षयकोष

अर्घाखाँची ।
अर्घाखाँचीका दुई भुसाल दाजुभाईले १० लाखको अक्षयकोष स्थापना गरेका छन् । समाजसेवी दाजुभाइ, निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसाल र साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले स्वर्गीय बुवाआमा भोजराज भुसाल र पवित्रा भुसालको स्मृतिमा बुवाको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर साथी वचत तथा ऋण सहकारी संस्थामा १० लाखको अक्षय कोष स्थापना गरेका हुन् ।
साथै उनिहरुले नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखालाई एउटा अक्सिजन कन्सनटेटर मेसिन हस्तान्तरण गरेका छन । स्थापना गरेको अक्षयकोषको रकम दश लाखबाट प्रप्त हुने वार्षिक व्याजबाट दु:खी,गरिबलाई सहयोग गर्ने तथा जटिल प्रकारका रोग लागेर उपचार खर्चको समस्यामा परेकाहरु लगायत विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार