पाणिनी / अर्घाखाँची ।
२०६१ सालमा स्थापित नेपाल रेडक्रस सोसाइटी अड्गुरी उपशाखाको छैटौं वार्षिक साधारण सभा आज बुधबार पाणिनी गाउँपालिकाको वडा न. ७ अड्गुरिमा सम्पन्न भएको छ ।
उपशाखाका सभापति कृष्ण प्रसाद पोख्रेलले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उपशाखा अन्तरगत १४१ सदस्य सङ्ख्या पुगेको जानकारी दिएका छन । प्रतिवेदनमा संस्थाले हाल सम्म विभिन्न सचेततामुलक तथा सिर्जनात्मक कार्यक्रम संचालन गर्न सकेको उल्लेख गर्दै उपशाखाले जिल्ला तहको उच्व नेतृत्व समेत उत्पादन गर्न सकेको उल्लेख गरेका छन ।
संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष मोहन टण्डनले संस्थाले वडा तथा आजिवन सदस्यबाट गरि गरेको आम्दानीबाट कोभिड १९ को समयमा मास्क वितरण, जाजरकोट भुकम्प पिडित लगायतलाई सहयोग गर्ने सुअवसर प्राप्त भएको बताएका थिए ।
यस्तै उपशाखाले यसै आर्थिक वर्षमा गाउँपालिका स्तरको माध्यमिक तहको हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको बताएका थिए । अहिलेको अवस्थामा संस्थाको ३६ हजार ४ सय २५ वचत गर्न सकेको जानकारी टन्डनले दिएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिती सदस्य तथा उपशाखाका संस्थापक सभापति कमल प्रसाद घिमिरेले मानव मात्रमा हुने सेवाको भावनालाई आधुनिक जिवनशैली, प्रविधिको उपयोगबाट विस्थापित गर्ने होकि भन्ने चिन्ता बढेको बताएका थिए । मानव बाहेकका प्राणिलाइ समेत स्वार्थ नहुने भन्दै आजको मानव बिचल्लीत हुनु नहुने तर्फ सचेत गराएका थिए । जिल्ला शाखाका पुर्व कार्यवाहक सभापति समेत रहेका घिमिरेले सुन्दर संसार निर्माण गर्न सेवाभावको बिकास गर्नु अत्यावश्यक रहेको भन्दै जिल्लाका उपशाखाहरुमा अड्गुरी उपशाखा अब्बल रहेको दावी गरेका छन ।
सभालाई सम्बोधन गर्दै पाणिनी ७का वडा अध्यक्ष गुनाखर अधिकारीले रेडक्रस जस्ता पवित्र सस्थाहरु गाउँ गाउँमा हुनुपर्ने उल्लेख गर्दै यश संस्थाले गर्ने परोपकारी र समाजसेवी भावनाको बिकास गर्न सफल भएको बताएका थिए ।
साधारणसभामा शुभकामना दिदै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका मन्त्री तुल्सिराम पौडेलले आगामी दिनमा शाखालाइ थप मजवुत बनाउन लाग्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमका विशिस्ट अतिथी समेत रहेका पौडेलले जिल्लामा प्रसम्सनिय कार्य गर्ने उपाशाखाको रुपमा स्थापित हुँदै गर्दा पनि संस्थाको साङ्गठनिक अवस्थामा अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको बताउदै रेडक्रसको गर्विलो इतिहासलाई जोगाउनु पनि आजको मुख्य चुनौती विश्वसामु रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा जिल्ला शाखा सदस्य तथा अड्गुरी उपशाखाका निवर्तमान सभापति सभापति शालिकराम बेल्वासेले लिनुमा भन्दा दिनुमा आनन्द लिने ब्याक्ति नै रेडक्रसको सदस्य हुने बताएका छन । यस्तै कार्यक्रममा पाली उपशाखाका सभापति इश्वरी प्रसाद खनाल, कार्यसमिति सदस्य पदम महत्रा, पुर्व कार्यसमिति सहसचिव मीन बहादुर थापा , सुशील खनाल, कमल प्रसाद पाण्डे, शिखर आधारभुत बिधालयका प्रधानाध्यापक, आजिवन सदस्य माया भुसाल लगायतले शुभकामना दिएका थिए।
कार्यक्रमको अवसर पारेर नयाँ आजिवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रमको संचालन उपशाखाका सचीव नेत्र कुवरले गरेका थिए ।