२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

प्रथम वडा अध्यक्ष कप कृकेट धातिवाङ्गको थामकाचौर खेलमैदान शुरु 

अर्घाखाँची

प्रथम वडा अध्यक्ष कप कृकेट प्रतितियोगिता बिहीवारबाट धातिवाङ्गको थामकाचौर खेल्मैदानमा शुरु भएको छ । आज एक भब्य समारोहका बिच उद्घाटन भएको कार्यक्रम पाणिनि गाउँपालिका वडा न. ६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य राम्जी प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतियोगिताको उद्घाटन वडाध्यक्ष कृष्ण प्रसाद पौडेल्ले बलिङ्ग र प्रमुख अतिथि घिमिरेले ब्याटिङ गर्दै गरिएको थियो ।

कार्यक्रममा जिल्ला क्रीकेट संघका अध्यक्ष रिसि भट्टराई ,पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल, प्रकाश सचेतन समूह अर्घाखाँचीका प्रमुख प्रेम नारायण गैरे, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्री कृष्ण भुसाल लगायत स्थानीय राजनैतिक नेतृत्व तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

पालिकाका विभिन्न वडा बाट सहभागी ९ समुहलाइ २ समुहमा बिभाजन गरि रोबिन लिगका आधारमा खेल सम्पन्न हुने र प्रत्येक समुहबाट २/२ टिम सेमिफाइनल प्रवेस गर्ने छन ।

सेमिफाइनल र फाइनल खेल नक आउट सिस्टम्बाट खेलाइने छ । बिजेता टिमले १८ हजार र उपबिजेताले १२ हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

आज भएका समूह A को खेलमा बिजयी शुरुआत गरेको छ ।यस्तै समूह B अन्तरगत मैदानले बिजयी शुरूवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार