१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

विद्याविनोद मावि पाणिनि ७ मा अभिभावकहरु विच वक्तृत्वकला प्रतियोगिता

अर्घाखाँची ।
विद्याविनोद मावि पाणिनि-७, अर्घाखाँचीको ७१औ वार्षिकोत्सवको अवसरमा आज अभिभावकहरुबीचको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सन्धिखर्क ६का राधिका खत्री प्रथम, पाणिनि ७का लक्ष्मण न्यौपाने द्वितीय, पाणिनि ७का भुवानन्द न्यौपाने तृतीय, पाणिनि कै ७राधिका भुसाल चतुर्थ र पाणिनि ७ का पुष्पा न्यौपाने पाचौं भएका छन् । प्रतियोगिताले अभिभावकहरुविचमा स्वस्थ प्रतिस्प्रधा गर्दै विद्यालयप्रतिको लगाव र उपस्थिति वृद्धि गराउनु रहेको विद्यालयका प्रधानाध्यापक माधव भुसालले बताएका छन् ।
अध्यक्षता शिक्षक अभिभावक सँघका अध्यक्ष ज्ञान बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरेको प्रमुख आथित्य रहेको थियो । विद्यार्थी, शिक्षक, अभिभावक तथा ब्यवस्थापन समितिका पधाधिकारि लगायतको उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक इन्दिरा थापाको संचालनमा सम्पन्न भएको हो । विद्यालयले यही माघ ७ गते आफ्नो ७१ औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा हिजो पौष ३ गतेबाट विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार