२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

आवश्यक जनशक्ति पुर्ती गर्न सन्तान जन्माउने दर बढाउनु पर्छ : सभासद घिमिरे

पाणिनि/ अर्घाखाँची ।
लुम्बिनी प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले बिद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको प्रती राज्य गम्भीर हुनुपर्ने बताएका छन । बिद्यालयमा बिद्यार्थी सङ्ख्या कम हुनुको कारण बसाइँसराइ मात्र नभएको घिमिरेको दावी छ ।
घिमिरेले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन । एक वा दुई मात्र सन्तान जन्माउन प्रेरित गर्दा राज्यलाई आवस्यक जनशक्ति कम हुँदै गएको बताउदै घिमिरेले अब धेरै सन्तान जन्माउन प्रेरित गर्नुपर्नेमा जोड दिएका छन । घिमिरेले सो जनशक्तिलाई बिदेश पलायन हुनबाट रोकि देशमा रोक्ने अवस्था सिर्जना गर्न सके करोडौं खर्च गरेर बनेका बिधालयका भौतिक संरचना प्रयोग हुनुका साथै देश बिकासका लागि आवश्यक जनशक्ति ब्यवस्थापन गर्न सहज हुने बताएका हुन ।

विद्या विनोद माध्यमिक बिद्यालयको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिरेले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकको एक्लो प्रयासले मात्र नभइ अभिभावक तथा बिद्यार्थी पनि उत्तिकै सरोकारसिल हुनुपर्ने बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले आजै वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (14%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (86%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार