२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पाणिनिकी मृगौला पिडित खातुनको उपचारमा आर्थिक समस्या, बचाइदिन परिवारको आग्रह 

अर्घाखाँची ।

जिल्लाको पाणिनी गाउँपालिका वडा न. ८ पाली खगडी स्थायी ठेगाना भएकी ४६ वर्षकि नुरजान खातुनको एउटै चाहाना छ, अझै बाच्न पाउ । तर जीवन र मृत्युसङ्ग संघर्ष गरिरहेकी खातुनको परिवारको पनि यहि चिन्ता छ कि पैसाकै कारण आफ्नाको जीवन बचाउन सकिन्न कि भन्ने ।

बिगत ६ वर्ष देखि दुवै मृगौलाले काम गर्न छाडेपछि निरन्तर उपचाररत खातुनको अहिले सम्म ठूलो रकम खर्च भैसकेको छ । तर एकैपटक ठूलो रकम जुवाड गर्न नसक्दा फाल्गुन २ गते सर्जरीका लागि जाने उपायको खोजिमा छ खातुन परिवार । हरेक मानिसलाई विभिन्न दुखहरु आइलाग्छन तर एउटाको सानो सहयोगले जीवन पुन पाएर समाजका लागि योगदान दिएका थुप्रै उदाहरण पनि छन । खातुन परिवारको यो चाहाना पुरा गर्न पनि यतिबेला सहयोगको याचना गरिरहेको छ ।

नियमित डायलोसिस अभावमा शरीर भारी हुदा खातुनलाइ आत्म ग्लानी मात्र भएको छैन आफ्ना कारण परिवार र आफन्तले पाएको दुखले झन मन भतभती पोलेको बताउछिन् । तपाईं हाम्रो सानो सानो सहयोगले खातुनको पुर्नजिवन प्राप्त सहयोग मिल्नेछ ।

उनलाइ सहयोग गर्न चाहाने सहयोगी मनहरुलाई परिवारका सदस्यको खाता न. र क्यु आर कोड उपलब्ध रहेको छ । साथै खातुनको बारेमा थप जानकारी लिन आवस्यक परेमा पिडितका श्रीमान हाम्जा मियालाई  9817525348 मा सम्पर्क गरेर बुझ्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार