नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको आयोजना तथा लायन्स क्लब अफ अर्घाखाँचीको सहयोगमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सदरमुकाम सन्धिखर्क स्थित जिल्ला रेडक्रस कार्यालयमा भएको रक्तदान कार्यक्रममा १७२ व्यक्तिले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति कुशल भुसालले बताए । रेडक्रस जिल्ला शाखा अर्घाखाँचीले आफ्नो संवरण जयन्तिको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा महिलाहरूको पनि उल्लेख सहभागीता रहेको शाखाका मन्त्री तुल्सिराम पौडेलले जानकारी दिएका छन।रक्तदान कार्यक्रममा बृहत सहभागिता भएको प्रती रेड्क्रस जिल्ला शाखाले सम्पुर्णमा धन्यवाद ब्याक्त गरेको छ । रक्तदान गर्न गाउँ गाउँ बाट शिक्षक, कर्मचारी, राजनैतिक दलका नेता देखि सर्वसाधारण सदरमुकाम पुगेका थिए ।