अर्घाखाँची
जिल्लाको पाणिनी गाउँपालिकाले आज १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडि र खेल शिक्षकलाई सम्मान गरेको छ । पालिकाको खेल विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै खेलकुद संयोजक गोविन्द पौडेल, खेल प्रतिनिधि प्रकाश प्युठानी, हुमानाथ घिमिरे, कमला पन्थि र भलिवल प्रशिक्षक भरत पुन मगरलाई दोसल्ला ओडाएर मायाको चिनो सहित प्रमाणपत्रले सम्मान गरेको हो । पालिकाले प्रतियोगितामा स्वर्ण जिन्ने भलिवल तथा विभिन्न विधाका खेलाडिलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ । साथै अन्य पदक विजेता खेलाडिलाई पनि पालिकाले सम्मान गरेको छ । सम्मान प्रदान गर्दै पालिका अध्यक्ष टेकराज न्यौपानेले खेल र खेलाडिको सम्मानमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । न्यौपानेले हाजिरिजवाफ प्रतियोगितामा सफल हुने सहभागिता जनाउने सम्पुर्ण विद्यालयलाई शुभकामना दिदै अझ प्रगतिका लागि समेत शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा पालिका यपाध्यक्ष नर्मदा गौतम, सामाजिक विकास समितिका सभापति युवराज ज्ञवाली, २ न. वडाका अध्यक्ष चन्द्रकान्त पौडेल, ६ न. वडाका अध्यक्ष कृष्ण प्रसाद पौडेल लगायतले शुभकामना दिदै सम्पुर्ण खेलाडि तथा प्रतियोगिहरुलाई वधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख तेजबहादुर खनालले गरेका थिए ।
पाणिनी गाउँपालिकाले गर्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडि र खेल शिक्षकलाई सम्मान
बेल्वासे पाणिनि न्युज डट कमका प्रधान-सम्पादक हुन् ।
तपाईको प्रतिक्रिया