४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

स्थानिय तह खोप समन्वय समिती तथा सन्चारकर्मीहरुको अभिमुखिकरण गोष्ठी पाणिनी मा सम्पन्न

अर्घाखाँची / पाणिनी

पाणिनी गाउँपालिका को आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम दादुरा रुबेला खोप कार्यक्रम अन्तर्गत स्थानिय तह खोप समन्वय समिती तथा सन्चारकर्मी हरुको अभिमुखिकरण बहस -गोष्ठी पाणिनी गाउँपालिका मा आज सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिका को सभाहल मा सन्चालन भएको कार्यक्रम मा पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल (गौतम )प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने , पाणिनी गाउँपालिका का आठ वटै वडाका अध्यक्ष हरु,आठ वटै वडामा रहेका स्वास्थ्य चौकिका प्रमुखहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल , गौतमले यो खोप अभियान महत्त्वपूर्ण भएको भन्दै अभियानबाट कोहि पनि छुट्न नहुने उल्लेख गरेकी छिन । गौतमले  यो कार्यक्रममा आफुलेपनी संगै हातेमालो गर्ने प्रतिवध्दता जनाएकी छिन।कार्यक्रममा स्वागत मन्तव्य राख्दै पाणिनी गाउँपालिका स्वास्थ्य साखा प्रमुख शेसकान्त घिमिरेले गोष्ठीको उदेश्य साथै खोप सन्चालन हुने मिति बारे जानकारी गराएका थिए ।

कार्यक्रमको सन्चालन पाणिनी गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक राम प्रसाद घिमेरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार