२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

दादुरा रुबेला खोप कार्यक्रम सम्वन्धि अभिमुखिकरण पाणिनिमा सम्पन्न

अर्घाखाँची / पाणिनी

पाणिनी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम दादुरा रुबेला खोप कार्यक्रम अन्तर्गत स्थानिय तह खोप समन्वय समिती तथा सन्चारकर्मीहरुको अभिमुखिकरण बहस -गोष्ठी पाणिनी गाउँपालिकामा आज सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाको सभाहलमा सन्चालन भएको कार्यक्रममा पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल (गौतम )प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने , पाणिनी गाउँपालिकाका आठ वटै वडाका वडा अध्यक्षहरु, आठ वटै वडामा रहेका स्वास्थ्य चौकिका प्रमुखहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल , गौतमले यो खोप अभियान महत्त्वपूर्ण भएको भन्दै अभियानबाट कोहि पनि छुट्न नहुने उल्लेख गरेकी छिन । गौतमले यो कार्यक्रममा आफुले पनी संगै हातेमालो गर्ने प्रतिवद्धता जनाएकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार