अर्घाखाँची / पाणिनी ।पछिलो समय नेपाल का सबै जसो ठाउँ का किसान हरु लाई जङ्गल जनावर बादर बँदेल ले सताइ रहेर हैरान परेका छ्न ।कति पय स्थानिय तह हरु ले तार जाली बितरड गरेरेका छन त कतै रुख काट्ने जस्ता कार्यक्रम ल्याएका छ्न तर अर्घाखाँची को पाणिनी गाउँपालिका को एइटा वडाले भने शुद्ध नश्लका भोटे कुकुर बितरण गरि नौलो कार्यको सुरुवात गरेको छ ।
पाणिनी गाउँपालिका -२ पोखराथोकमा कृषकको मागका आधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको छ ।
बाँदर,बँदेल,दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी कृषककै मागका आधारमा भोटे कुकुर वितरण गरिएको हो । बादर लागेर खेतीपाती जोगाउन मुस्किल भएका तथा बन्यजन्तुबाट हैरानी खपेका कृषकहरू पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् ।
पाणिनि गाउँपालिका कृषि मा अब्बल गाउँपालिका पनि हो यहाँ बाट तरकारी र फलफुल गरि करोडौ को बस्तु निर्यात हुने गरेको छ ।
कृषकहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागत सहभागीतामा ९ वटा भोटे कुकुर वितरण गरिएको छ । एउटा २ महिना भित्र को कुकुर को मूल्य ३५ तिरेर कुकुर ल्याइएको हो । वडा अध्यक्ष सहित पाणिनी गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेत गई धादिंग भोटे कुकुर क्लब अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नम्वर २१ र माछापुच्छ्रे गाउँपालिकामा गई अलग अलग सन्तानका भोटे कुकुर खरिद गरी कृषकलाई वितरण गरिएको छ ।
यो नौलो कार्यक्रम भएको हुदा सफल भएको खन्ड मा गाउँपालिका स्तरिय कार्यक्रम ल्याउने तयारी छ ।
कृषकहरूले ३५ हजारको २५ प्रतिशत अर्थात ८ हजार ७ सय ५० रुपैयामा शुद्ध नश्लका भोटे कुकर पाएका छन् ।
यो कार्यक्रम नेपाल मै पहिलो रहेको वडा ले दाबी गरेको छ भने यो कार्यक्रम ले किसान हरु हर्सित भएका पनि छ्न ।
बादर बदेल जस्ता बन्य जन्तुले सताउन थालेपछि अर्घाखाँची सहित पहाडि जिल्लाका मानिसको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा राखियको छ ।
अर्घाखाँचीका अधिकांस क्षेत्रमा बाँदर,बँदेल, दुम्सी जस्ता बन्यजन्तुले खेतीबाली सखाप पारेपछि कृषकहरू चिन्तित बनेको समय मा वन्यजन्तुबाट खेती जोगाउन गरेको कुकुर वितरण कार्यक्रम कत्ती को प्रभाबकारी हुन्छ त्यो हेर्न बाकि नै छ ।