२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

भूमिकास्थानको छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग बारे रास्वपा अर्घाखाँचीको ध्यानाकर्षण

अर्घाखाँची
भूमिकास्थानको किर्ते छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग बारे रास्वपा अर्घाखाँचीले ध्यानाकर्षण भएको बताएको छ । आज एक प्रेश वक्तब्य जारि गर्दै सो पाटिले घटना दण्डनिय रहेपनि संलग्न जोकोहि कानुनि दायरामा आउनुपर्नेमा जोड ध्यानाकर्षण गराएको हो ।
जारि वक्तब्यमा भनिएको छ, भूमिकास्थान नगरपालिका वडा नं. ९ सान्डेभामा रहेको चुनढुंगा उत्खननको सन्दर्भमा खानी तथा भुगर्भ विभागलाई भूमिकास्थान नगरपालिकाले पठाएको भनिएको प.सं. ०८०÷०८१, च.नं. ५८५ को पत्र किर्ते रहेको घटनाले हामीलाई गम्भिर बनाएको छ ।
नेपालको मुलुकी ऐन बमोजिम सरकारी छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग दण्डनिय रहेको भनि व्यवस्था गरेको भएपनि उक्त किर्ते कागज तयार पार्ने कार्यमा संलग्न रहेकाहरुको पहिचान तथा दण्डको सम्वन्धमा पालिकाले सक्रियता नदेखाउनुले थप शंसय उत्पन्न गरेको छ । उक्त कार्यमा संलग्नको पहिचान गरी अविलम्व कारवाहीको लागि जोडदार माग गर्दछौं ।
रास्वपा अर्घाखाँचीका संयोजक हरि प्रसाद भुसालद्धारा हस्ताक्षरित विज्ञप्तिमा “जिल्लाकै बद्नाम हुनेगरी, समग्र पालिकावासीको चरित्र हत्या हुनेगरी भएको उक्त अपराधको घटनाले समग्र हामी जिल्लावासीहरुको शिर निहुरिएको छ । उक्त घटनाका दोशी पहिचानको गरी कारवाहीको लागि अविलम्व पहल लिन आग्रह गर्दै अपराधी पहिचानको लागि भएको पालिकाको ढिलासुस्तीले यो किर्ते घटनामा पालिकाकै संस्थागत हात रहेको त छैन भन्ने आशंका गर्ने ठाउँ दिएकोले अविलम्व दोशी पहिचान गरी सार्वजनिक गर्न जोडदार माग गर्दछौं” भनिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार