४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

दोस्रो वडाध्यक्ष कपको उपाधी लगातार साविक ५ . नम्बरलाई

अर्घाखाँची

जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ अड्गुरिमा संचालित दोस्रो वडाध्यक्ष कप भलिबलको उपाधी लगातार दोस्रो पटक पनि साविक वडा न. ५ झन्द्रेकले हात पारेको छ ।

उपाधी हात पारेसङ्गै झन्द्रेकले नगद ७ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपबिजेता बनेको दुविचौरले नगद ५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो बनेको ढाक्रेवासले नगद ३ हजार सहित सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रथम पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी भने पणेनाले हात पारेको छ ।

उपाधी सङ्गै पणेनाले नगद १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपबिजेता बनेको खिदिमले नगद १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको  आयोजक क्लवका अध्यक्ष सन्दिप पोख्रेलले बताएका छन ।

पालिका स्तरको प्रतियोगितामा अड्गुरीले भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।

गणतान्त्रिक सृजनसिल युबा क्लवको आयोजना र वडा न. ७ अड्गुरिको आर्थिक सहयोगमा चैत १० बाट शुरु भएको प्रतियोगिता १२ गते सकिएको हो ।

प्रतियोगितामा बिजेता खेलाडी तथा समुहलाई वडा अध्यक्ष गुनाखर अधिकारीले पुरस्कार प्रदान गर्दै शुभकामना दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार