अड्गुरी समाज रुपन्देहीको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन शनिबार रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले राम प्रसाद पन्थिको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायण घिमिरे तथा महा सचिवमा जीवन अधिकारी रहनुभएको छ ।
यस्तै नवनिर्वाचित कार्यसमितिको माधव आचार्य , सचिवमा दिनेश पोख्रेल रहनुभएको छ । सह कोषाध्यक्षमा दुर्गादेवी अधिकारी ( शिवजिलाई) चुनेको समाजको सदस्यहरुमा बिश्णु प्रसाद न्यौपाने, बिरेन्द्र श्रेष्ठ, टुक प्रसाद पोख्रेल, बिमला पन्थी , सुर्यप्रसाद पौडेल, दामोदर न्यौपाने , गिरिराज पौडेल, सुमित्रा न्यौपाने , शान्ता घिमिरे र सुर्य प्रसाद न्यौपाने रहनुभएको छ । यस्तै निवर्तमान अध्यक्ष शिव बस्नेत पदेन जिम्मेवारीमा रहनुहुनेछ ।
शनिवार नै सम्पन्न खुल्ला सत्रमा आफ्नो मन्तव्य राख्दै पाणिनी गाउँपालिका अध्यक्ष समाजिक कार्यमा सक्रियता देखाएर समाजले गरेका कार्यबाट अरुले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पाणिनी ७ का अध्यक्ष गुनाखर अधिकारिले अड्गुरिको बिकासमा साझेदार बनेर समाजले गरेको सक्रिय भुमिकाको कदर गर्दै अड्गुरीको उत्पादनलाई बजारिकरण गर्न सहयोग गर्ने कुरामा आफू आशाबादी रहेको बताउनुभयो ।
पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पनि समाजको उन्नयन र प्रगतिका लागि शुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष शिव बस्नेतले जसरी पनि संस्थाको प्रगतिका लागि काम गर्ने अठोट लिदै थप सक्रियता देखाएर होमिन नयाँ नेतृत्वलाई सुझाव दिनुभएको थियो ।
यस्तै पुर्व अध्यक्ष लुकराज न्यौपानेले सामाजिक भुमिकामा अब्बल संस्थाको जिम्मेवारी थपिएको भन्दै प्राप्त चुनतिलाई अवसरमा बदल्दै जन्मभुमिलाई देवत्व सङ्ग तुलना गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पाणिनी गाउँपालिका सहित छिमेकी जिल्ला अन्तरगतमा समाजका प्रमुख तथा प्रतिनिधि, पुर्व अध्यक्ष कृष्ण अधिकारी, पत्रकार बेल्वासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा महिला बिभाग संयोजक शिवजी अधिकारीले बिभाग अन्तरगतको आय ब्याय समेत प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रम संस्थाका अध्यक्ष शिव बस्नेतको अध्यक्षता र महासचिव नारायण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा अथिती तथा विभिन्न तवरबाट सहयोग गर्ने ब्याक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।