२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीको अधिवेशन अध्यक्षमा गुरुदेव खनाल

स्वतन्त्र पत्रकार संघ , नेपाल अर्घाखाँची जिल्ला शाखाको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ । सो भेलाले गुरुदेब खनालको अध्यक्षतामा समिती चयन गरेको छ । उपाध्यक्षमा माधव पौडेल, सचिवमा रचना परियार, सह- सचिवमा सलिना परियार, कोषाध्यक्षमा अविजित पन्थी लगायत  रहेका  छन ।
यस्तै केन्दिय प्रतिनिधि तर्फ डि. आर जी सुमन , अम्बिका भुसाल , रमेश भुसाल , चोलनाथ पौडेल र चन्द्रमणी भट्टराई चयन भएका छन ।

त्यसैगरि सल्लाहकार समितिमा शिव बेल्वासे, दुर्गा बन्जाडे, बाबू रोका मगर रहेका छन ।
प्रमुख अतिथिमा स्वतन्त्र पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष कृष्ण बस्तोला, संस्थाका संस्थागत सदस्य मुक्तिनाथ भुसाल त्यसैगरी नागरिक समाज, नेपालका अध्यक्ष नन्दलाल पोख्रेल , मानवअधिकार आयोगका अध्यक्ष कुल बहादुर नेपाली, संस्थाका पुर्व सल्लाहकार सहयोगी वि सी, केन्द्रिय अध्यक्ष दुर्गा देवि बास्तोला लगायतको उपस्थिति रहेको थियो । केन्द्रिय अध्यक्ष कृष बास्तोलाले देश ब्यापी रुपमा स्वतन्त्र पत्रकारहरु अर्घाखाँचीमा जस्तै एकढिक्का हुँदै लाग्नु पर्ने भन्दै कार्यक्रममा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार