३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

बैशाख १ गते धातिवाङ्गमा लोक भजन प्रतियोगिता हुने

अर्घाखाँची

जिल्लाको पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङ्गमा २०८१ बैशाख १ गते खुल्ला लोकभजन प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा धार्मिक पर्यटक भित्राउने र स्थानीय पर्यटकिय क्षेत्रको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार  प्राप्त गर्नेछन ।

यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो र शान्त्वना हुने समूहले क्रमशः १२ हजार , ८ हजार र ४ हजार प्राप्त गर्नेछन ।

प्रतियोगितामा सहभागीता जनाउने समूहले लोक संस्कृतिको जगेर्नाका लागि स्थानीय तहको भुमिका बिषयको शिर्षकमा भजन तयार गर्नुपर्ने आयोजकले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार