१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

नेवारी (नेवा)  भाषा प्रशिक्षण कार्यक्रम पाणिनिको अड्गुरीमा शुरु

पाणिनी गाउँपालिका वडा न. ७ अड्गुरीमा आज देखि नेवारी (नेवा)  भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

भाषा संस्कृति र  संस्कारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दै आएको यश वडाले नेवारी (नेवा) भाषाको  संरक्षण गर्न बजेट बिनियोजन गरेको अध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो ।

भाषा प्रशिक्षणका लागि प्रशिक्षकहरु स्वस्तिका प्राधानाग र सौन्दर्य देबि शाक्य आउनुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले वडाले गरेको संस्कृति बचाउने अभियानमा गरेको पहलका लागि धन्यवाद दिएका छन । नेवा संस्कृतिलाई नेपालको इतिहासमा सबै भन्दा बिशिस्ट पहिचान बोकेको भन्दै यसको संरक्षणमा योगदान पुर्याउने वडा परिवार धन्यवादको लागि योग्य भएको ठहर बक्ताहरुको छ । अरु जातिय तथा मौलिक संस्कृति र भाषाको संरक्षणमा पनि योगदान गर्न वडालाई बक्ताहरुले सुझाव दिएका छन ।

कार्यक्रममा  नेवा दवु लुम्बिनी प्रदेस सदस्य अशोक कुमार श्रेष्ठ , शिवमदन माध्यमिक विद्यालय ब्वस्थापन समितीका अध्यक्ष तुल्सिराम पौडेल , रेडक्रस उपशाखा अड्गुरिका सभापति कृष्ण पोख्रेल, पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा स्थानीय सरोकारवाला सङ्गै  लुम्बिनी मिडिया एजेन्सीका घनश्याम पौडेल, पत्रकार भिम बि.सि. वडा सदस्यहरू प्रेम थापा, कल्पना बिक, बिन्दु घर्ती, वडा सचिव नन्दा भट्टराई, पुर्व वडा सदस्य तथा जनजाति महासँघ पाणिनिका अध्यक्ष टोपकला कब्दार  लगायतको उपस्थिति रहेको थियो ।

oppo_2

लुम्बिनी मिडिया एजेन्सीले सहजीकरण गरेको कार्यक्रमको उद्घाटन सत्र भिमसेन मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष फर्सुराम श्रेष्ठको सभापतित्व र चन्द्रकुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार