१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

कालिकाठिमा आज रातभर भजनकृतन, लघु रुद्री तथा धार्मिक अनुष्ठानहरु जारि

अर्घाखाँची

पाणिनी गाउँपालिकाको वडा न. ५ मा अवस्थित महामृत्युन्जय धाम कालिकाठीमा आज लघु रुद्री तथा धार्मिक अनुष्ठान सम्पन्न भएका छन ।

धार्मिक तथा एतिहासिक महत्व बोकेको यश स्थानको प्रचारप्रसार गर्ने  र धार्मिक पर्यटकको सम्भावना बढाउने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला सहित जिल्ला बाहिरका समेत थुप्रै भक्तजन तथा प्रकृतिप्रेमिहरुको उल्लेख उपस्थिति रहेको थियो ।

कार्यक्रममा कालिकाठी संरक्षण समितिका संरक्षक बाबा योगिराजले यहाँको प्राकृतिक सुन्दरता र यहाँको जडिबुटीबाट आयुर्वेद बिज्ञानका लागि समेत योगदान गर्न सकिने सम्भावना रहेको बताउदै स्थानीयको सहयोग मिलेमा आफुले उक्त योजना साध्य गर्न लागिपर्ने बताउनुभएको छ ।

यस्तै संरक्षण समितिका अध्यक्ष लेख बहादुर टण्डनले यसको महत्त्वको  बारेमा प्रचारप्रसार गर्दै आफुहरुले भविष्यमा यसको प्राकृतिक सुन्दरता नगुम्ने गरि बिश्वकै सबैभन्दा ठूलो शिव मुर्ति स्थापना गर्ने र उत्कृष्ट देवस्थल बनाउने योजना रहेको बताउनु भयो ।

आजै शिव लिङ्गको प्राण प्रतिश्ठा गरि रातभर भजन कृतन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मा स्थानीय भजन मण्डली साथै उपल्ला पटौटिको भजन हेर्न समेत भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।कार्यक्रम आयोजनार्थ धेरै सहयोग दाताहरुले पनि आर्थिक तथा जिन्सी सहयोग गरेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार