२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

वार्षिक उत्सबको अबसरमा बिद्यालयलाई जग्गा दान संगै अक्षयकाेष स्थापना

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा न १ पणेनामा अबस्थित सरस्वती माध्यमिक बिद्यालयको ६५ औं वार्षिक उत्सब तथा अभिभावक दिबस कार्यक्रम को अबशर मा बिध्यालय लाई जग्गा दान गरिएको छ ।श्री सरस्वती माध्यमिक बिद्यालयका सस्थापक अध्यक्ष स्व .पेम बहादुर छहरीको छोरा गंगा बहादुर छहरीले करिब दश लाख मूल्य बराबरको जग्गा बिद्यालयलाई दान गर्नुभएको छ ।

त्यसैगरी बिद्यालय परिसर भित्र छहरी परिवार द्वारा निर्माण गरिएको मन्दिर समेत बिधालय लाई हस्तान्तरण गरिएको छ साथै छहरी परिवार बाटै रु १२५५५५ ( एक लाख पच्चीस हजार पाँच सय पचपन्न ) रुपैयाँ को अक्षयकोष को स्थापना गरिएको छ ।छहरी परिवार ले बिगत मा पनि बिध्यालय लाई सहयोग गर्दै आएको छ ।छहरी परिवारी लाई सामाजिक काम गर्ने परिवार को रुप मा पनि चिनिदै आइएकाे छ ।
सोही कार्यक्रम मै पाणिनी गाउँपालिका १ पणेना सिम्ले निवासि श्रीमान मतिराज गौतम र श्रीमती रुपा गौतमले पनि आफ्नो बुवा/ ससुरा बुवा बुद्धि नाथ गौतमको स्मृति मा रु ११११११( एक लाख एघार हजार एक शय एघार ) रुपैया को बुद्धि नाथ गौतम गरिब जेहेन्दार तथा उत्कृष्ट छात्रावृद्धि अक्षयकाेष स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार