१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको कार्यालय उद्धघाटन

वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको आज एक कार्यक्रमका विच कार्यालयको उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिका वडा न. ५ अध्यक्ष इन्द्रमणि घिमिरेले धर्म र संस्कृतिको जगेर्नाका लागि संस्थाले गरेको कार्यप्रति ऐक्यवद्धता ब्यात्त गर्दै यसका लागि आफुले गर्न सक्ने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु घिमिरे, नेपाली कांग्रेस मैदानका सभापति गणेश घिमिरे, संस्थाका सदस्य हिमलाल पौडेल पत्रकार कमला घिमिरे लगायतले शुभकामना दिदै धर्म एउटा अकाट्य संविधान भएको भन्दै हाम्रो सनातन संस्कृतिको रक्षाका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
संस्थाका अध्यक्ष पण्डित चन्द्रमणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अनन्त प्रसाद घिमिरेले गर्नुभएको थियो । संस्थाको कार्यालय पाणिनि गाउँपालिका मैदानमा रहेको साविकको गा.वि.स. भवनमा विधिवत रुपमा शुभारम्भ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार