१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

पाणिनिको वडा न. ७ अड्गुरिमा सभाहल बन्ने, अध्यक्ष अधिकारीद्धारा शिलान्यास

पाणिनिको वडा न. ७ अड्गुरिमा सभाहल बन्ने भएको छ । वडा स्तरका विभिन्न कार्यक्रम तथा तालिमहरु संचालन गर्न सभाहलको अभाव भएको भन्दै यसको आवस्यकता महसुस गरिएको थियो ।सोही बिषयलाई महत्व दिदै आज सभाहलको बिधिवत रुपमा पुजाआजा गरि आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

सिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुनाखर अधिकारिले सभाहलको निर्माण गर्दा गुणस्तरीय अनि समय सिमा भित्र सम्पन्न गर्न निर्माण व्यावसायिलाई अनुरोध गर्नुभएको छ । साथै स्थानीय सरोकारवालाहरुले समयमा काम सकेर हस्तान्तरण हुनेमा बिश्वास ब्याक्त गरेका छन ।

लुम्बिनी प्रदेश सरकार र पाणिनी गाउँपालिकाको समपुरक बजेटबाट कुल २९ लाख रकममा  सभाहल बन्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार