अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न २ पोखराथोक वडा कार्यालयले आफ्नो वडा भित्रका जेष्ठ नागरिक ९० जना लाई तिर्थ यात्राको लागि स्वर्गद्वारी लिगेर हिडेको छ । पाणिनी गाउँपालिका वडा न २ को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत जेष्ठ नागरिक तिर्थ यात्रा कार्यक्रमको आयोजना गरिएको हो ।वडाका दलित तर्फ ६० बर्ष र ब्रामण ,जनजाती तर्फ ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई भ्रमण मा सहभागी गराईएको छ ।
त्यसैगरी वडा भित्र को एऊटा भजन मन्डली टोलि पनि यस यात्रामा सामेल गराइएको छ, बृद्ध आमा बुवाको स्वास्थ्यलाई मध्यनजर राख्दै दुईजना स्वास्थ्यकर्मी लाई समेत तिर्थ यात्रामा लगिएको छ । कार्यक्रममा जेष्ठ नागरिक ,स्वास्थ्यकर्मी , वडाका जनप्रतिनिधि , पत्रकार सहित १०८ जना यस कार्यक्रममा सहभागी भएका छ्न। वडा कार्यालयको यो कार्यक्रम देखि जेष्ठ नागरिक अत्यन्त खुसी हुँदै आफ्नो घरका छोरा छोरीले गर्ने काम वडाले गरेको भन्दै वडालाई धन्यवाद समेत दिएका छ्न ।पाणिनी गाउँपालिकामा सबैभन्दा पहिला वडा न ६ धातिवाङलेयो कार्यक्रमको सुरुवात गरेको थियो।
वडाका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराउन प्युठानको स्वर्गद्वारी
पौडेल पाणिनी न्युज डट कमका धार्मिक तथा पर्यटन ब्युरो प्रमुख हुन् ।
तपाईको प्रतिक्रिया