अड्गुरी समाज रुपन्देहिले आज एक कार्यक्रमका बिच अड्गुरीका सामुदायिक बिद्यालयभित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
अड्गुरीका ७ वटा सामुदायिक बिद्यालयका २१ विद्यार्थीलाई समाजले छात्रवृत्ति स्वरूप झोला, कापी, पोशाक र सिलाइ खर्च समेत शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष तथा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले संस्था जन्माउदै गर्दाको उद्धेश्यबाट अहिलेसम्म पनि अझ उदार बन्दै सबल र उदाहरणिय बनेकोमा गर्व लागेको बताउनुभयो । बिद्यार्थीको पठनपाठन आर्थिक अवस्थाको कारण रोकिने अवस्थामा जुनसुकै क्षेत्रबाट पनि सहयोग गर्ने प्रतिवद्धता ब्याक्त्त गर्नुभएको छ । अभिभावकिय भुमिका निर्वाह गर्दै बिद्यालयबाट आफ्ना वालवालिकालाई टाढा नाराखी पढ्ने वातावरण बनाउन अभिभावकले पनि सरोकार राख्ने काम गर्न अनुरोध गर्नुभएको छ ।
शुभकामना मन्तव्य राख्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले छात्रवृत्तिबाट बिद्यार्थीमा प्रोत्साहन हुने आशा राख्दै शिक्षामा समाजले गरेको लगानी उपलब्धिमुलक हुने बिश्वास ब्याक्त गर्नुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सदस्य कमल घिमिरेले लिनुमा भन्दा दिनुमा आनन्द हुने भन्दै समाजले गरेको सामाजिक कार्यको जति प्रशम्सा गरे पनि पूरा नहुने बताउनु भएको छ ।
पाणिनी ७ अड्गुरीका अध्यक्ष गुनाखर अधिकारी, शिवमदन माध्यमिक बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष तुल्सिराम पौडेल, जनसेवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासे, शिखर आधारभुत बिद्यालयका प्रधानाध्यापक नर्मदा पन्थी लगायतले समाजले गरेको कार्यको प्रशम्सा गर्दै निरन्तरताका लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष शिव बस्नेत, विद्या विनोद माध्यमिक बिद्यालयका प्रधानाध्यापक माध्व भुसाल, भगवती आधारभुत बिद्यालयका प्रधानाध्यापक जित बहादुर थापा, तुल्सी आधारभुत बिद्यालयका प्रधानाध्यापक सरस्वती महत्रा , वडा सद्स्य प्रेम थापा, लगायत समाजका पदाधिकारी, जनसेवा माध्यमिक बिद्यालयका पुर्व तथा वर्तमान ब्यवस्थापन समिती, प्रधानाध्यापक तथा शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण घिमिरेको स्वागत मन्तव्य राख्दै कोहि पनि कुनै कारणले पढ्ने अधिकारबाट वन्चित हुन नपरोस भन्ने उद्धेश्यबाट यो कार्यक्रमको निरन्तरता दिइएको उल्लेख गर्दै कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षता र महासचिव जीवन अधिकारीको संचालनमा सम्पन्न भएको हो ।
समाजले वडाभित्रका सम्पुर्ण बिद्यालयहरुलाई सुचना पाटी तथा वडा कार्यालय र गाउँपालिकालाई मायाको चिनो स्वरुप नेपालको राजनैतिक नक्सा प्रदान गरेको छ ।