३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

पाणिनीमा सम्पर्क वडा कार्यालय निर्माण गर्ने पहिलो वडा बन्यो पोखराथोक

अर्घाखाँची / जेठ, ३०

अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका वडा न २ पोखराथोक मा सम्पर्क वडा कार्यालय निर्माण भएको छ l पाणिनी गाउँपालिका वडा न २ को बार्षिक बजेट सिलिङ अनुसार यो भवन निर्माण गरिएको हो ।वडाले पोखराथोकको कमैघारीमा दुई बर्ष लगाएर करिब २१ लाख बजेमा यो भवन सम्पन्न गरेको हो ।यो भवन बाट सेवा दिन सुरु गरेपछी पोखराथोक वडाका साबिक वडाहरु ७,८र ९ का जनता हरुलाई सेवा लिन सहज र सजिलो हुने छ ।

यो भवन निर्माण नहुदा करि ३ घन्टा को बाटो हिडेर जनता हरु पोखराथोक को आफ्रा स्थित रहेको वडा कार्यालय मा सेवा लिन जाने गरेका थिए ।यो भवन उद्घघाटन भएपछि महिना को ४ देखि ५ दिन यसै वडा बाट सेवा दिइने वडा अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिनु भयो ।वडाको बजेटले ठुला कामहरु गर्न सकिँदैन भन्ने अन्य जनप्रतिनिधिबाट सुनिदै गर्दा वडा न २ ले भने इच्छा शक्ति भयो भने हरेक बिकास निर्माणका काम वडा कै बजेटबाट गर्न सकिन्छ भन्ने कुरालाई प्रष्ट देखाएको छ। यो भवन निर्माण भएसंगै जनता खुसी भएका छ्न भने जनताले वडा समितिलाई धन्यवाद ब्याक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार