४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

धातिवाङ्ग स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

पाणिनि गाउँपालिका वडा न. ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ ।

विभिन्न मापदण्ड र घोषणाका लागी आवश्यक सुचकहरु पूरा गरेको यश स्वास्थ्य चौकिलाई  आज एक समारोहको आयोजना गरि  पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

पाणिनी गाउँपालिका वडा न. ६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न घोषणा समारोहको प्रमुख आतिथि जिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोइराला रहनुभएको थियो ।

कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, गाउँपालिका पुर्व उपाध्यक्ष लक्ष्मी गौतम, वडा न. २ का अध्यक्ष चन्द्रकान्त पौडेल, वडा न. ४ का अध्यक्ष हरि घिमिरे, वडा न. ५का अध्यक्ष इन्द्रमणी घिमिरे , वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारी, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, उपप्रमुख राम प्रसाद घिमिरे, पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, अमर आबिका प्रधानाध्यापक हिमलाल पौडेल  जनसेवा माध्यमिक बिद्यालय पाणिनी ७ का प्रधानाध्यापक शालिकराम बेल्वासे लगायतको  आतिथ्य रहेको थियो ।

यस्तै कार्यक्रममा पत्रकार महासङ्घ अर्घाखाँचीका उपाध्यक्ष बिरेन्द्र के. सि. , सह सचिव अनिल नेपाली, सदस्य घनश्याम पौडेल, कार्यपालिका सदस्य तारा पौडेल , विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुख लगायतले कार्यक्रममा आतिथ्यता गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था बनेकोमा बधाई दिदै यसलाई बचाईराख्न र निरन्तरताका लागि समेत अनुरोध गरेका थिए।

कार्यक्रमको संचालन धातिवाङ्ग स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार