२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

नेपाल रेडक्रस सोसाइटीको ६२ औं वर्ष  स्थापना दिवस अर्घाखाँची शाखाले मनायो सामाजिक कार्य गर्दै

नेपाल रेडक्रस सोसाइटीको ६२ औं वर्ष  स्थापना दिवस अर्घाखाँची शाखाले आज सामाजिक कार्य सङ्गै मनाएको छ ।  शाखाका उपाध्यक्ष चन्द्र प्रसाद बन्जाडेको सभापतित्वमा सम्पन कार्यक्रम अड्गुरी उपशाखाको आथित्यमा सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिती अर्घाखाँचीक सदस्य कमल प्रसाद घिमिरेको प्रमुख आथित्य रहेको कार्यक्रममा पाणिनी गाउँपालिका वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारी , जिल्ला शाखाका कोषाध्यक्ष हरि कए. सि., सद्स्य कृष्ण प्रसाद अधिकरी,  वडा सद्स्य कल्पना बि.क. , अड्गुरी उपशाखाका सभापति कृष्ण प्रसाद पोख्रेल, उपसभापति माया खनाल लगायत शाखाका पदाधिकारी, स्थानीय समाजसेवी सुशील खनाल, जिल्ला शाखाका कर्मचारी ठाकुर अधिकारी, लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

उपशाखाका सचिव नेत्र कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि कमल प्रसाद घिमिरेले मानव सेवाले एक अर्काको आवस्यकता परिपुर्ति गर्न मात्र नभइ समदुरी कायम गर्न समेत मद्दत पुग्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै पाणिनी ७ का वडा अध्यक्ष गुनाखर अधिकारिले रेडक्रस जस्तो पवित्र संस्थाबाट सबैले प्रेरणा लिनु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा स्थानीय कृष्ण बहादुर बि. क. लाई स्थापना दिवसको अवसर पारेर आजै चामल, तेल सहित खाद्यान्न र कम्मल , बाल्टी लगायतका सामग्रीहरु बितरण गरिएको छ ।

उहाँलाई गरेको सानो सहयोगलाई वितरण गर्दै  कार्यक्रमका अध्यक्ष बन्जाडेले सबैले यसलाई  सकारात्मक रुपमा लिनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रमको संचालन जिल्ला शाखा अर्घाखाँचीका मन्त्री तुल्सिराम पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार