४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

पोखराथोकमा जारी खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुल्मीलाई

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा ब्याडमिन्टन प्रतियोगिता उपाधि गुल्मीले हात पारेको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित सुरु भएको प्रतियोगिताको आयोजक भने पोखराथोक ब्याडमिन्टन क्लब रहेको थियो ।

सी लेभल अन्तर्गत खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगितामा गुल्मी पाल्पा स्याङ्झा लगायतका ७ जिल्लाका ३५ वटा टिमहरू सहभागी भएका थियो। जसमा
प्रथम – विशाल+रमन (गुल्मी)
द्वितीय – हर्ष+प्रकाश (खिदिम चौकी)
तृतिय – लेख+रोहित (सन्धिखर्क)
तृतिय – श्रीराम+सूर्य (आयोजक)
ले हात पारेका छन्।
जसमा प्रथम हुनेले १० हजार द्वितीय हुनेले ७ हजार र तृतीय हुने दुई टिमले पाँच-पाँच हजार हात पारेका छन्।
यो यो कबड हल अर्घाखाँची जिल्लाको दोस्रो कबडहल हो, भने गाउँपालिकाको पहिलो कवड हल हो।

पाणिनी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ८०८१ को समपरक बजेट २५ लाख र वडा कार्यालय पोखराथोकको ७ लाख लगानी गरी रु ३२ लाख लगानीमा यो कबडहल निर्माण सम्पन्न भएको हो। पाणिनी गाउँपालिकाको वडा नम्बर २ मा जस्तै कबडहलहरू अन्य वडाहरुमा पनि निर्माण गर्ने हो र खेल र खेलाडीलाई प्रोत्साहन गर्ने हो भने खेल क्षेत्रबाट पाणिनी गाउँपालिकालाई चिनाउन सकिन्छ भन्नेमा खेलप्रेमिहरुको बिश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार