अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा तेस्रो वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ।
पाणिनी गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको आयोजनामा आउँदो कार्तिक २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता चल्ने वडा अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा पाणिनी गाउँपालिका वडा नम्बर २ भित्रका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार मेडल र प्रमाणपत्र, द्वितीय हुनेले १० हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेले ५ हजार मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीले सिल्ड र मेडल पाउनेछन् । साथै खेलाडीहरूलाई जर्सीको व्यवस्था पनि गरिएको छ।
खेल क्षेत्र को विकास र खेलाडीको क्षमता प्रस्फुटन गर्ने उद्देश्य सहित यो कार्यक्रम राखिएको वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताए।