अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सबै माध्यमिक बिद्यालयमा प्राथना गर्दा अब म्युजिकल पिटि अर्थात साङ्गितित सङ्केत सहितको शारीरिक ब्यायम गराइने भएको छ ।
पहिलो चरणमा पालिकामा रहेका १६ ओटा माध्यमिक बिद्यालयमा गर्ने गरि आजबाट म्युजिकल पिटिको एक कार्यक्रमका बिच आज उद्धघाटन गरिएको छ । पाणिनी ८ पालिमा रहेको कमला माध्यमिक बिद्यालयबाट आज कार्यक्रमको शुभारम्भ गरिएको हो ।
पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल , वडा अध्यक्ष हरु सहितको उपस्थिमा कार्यक्रम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक गोबिन्दराज पन्थीले बताउनुभयो ।
जनसेवा माध्यमिक बिद्यालयका शिक्षक गोबिन्द पौडेलले सहजीकरण गरेको कार्यक्रमको ब्यवस्थापन गाउँपालिकाले गरेको हो । विद्यार्थीमा अनुशासन वृद्धि गर्दै स्वस्थ जिवनशैलिको बिकासमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनु भएको छ ।
यस्तै शिक्षामा नवीन धारणा सहित उत्साहका साथ कक्षा प्रवेशलाई सघाउ पुग्ने बिश्वास शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले राख्नु भएको छ ।
गाउँपालिकाका २ वटा बिद्यालय हरिहर संस्कृत तथा साधारण माध्यमिक बिद्यालय र जनसेवा माध्यमिक बिद्यालयले यश अघिनै यसको अभ्यास गर्दै आइरहेका छन ।