प्रधानाध्यापकहरुको अन्तर्राष्ट्रिय साझा संस्था PAN- Principal Association of Nepal पाणिनि गाउँपालिका कार्यसमितिको गठन भएको छ । मङ्गलबार सर्वसम्मत रुपमा गठित समितिको अध्यक्षमा कमला माध्यमिक बिद्यालय पाणिनी -८ का प्रधानाध्यापक गोविन्दराज पन्थी रहनुभएको छ ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्री कृष्ण माध्यमिक बिद्यालय पाणिनी -५ का प्रधानाध्यापक टेकनारायण गैरे, सचिवमा दुर्वासेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यापक विक्रम सुनार रहनुभएको छ ।
यस्तै सह- सचिवमा सरस्वती मा.विका प्रधानाध्यापक गेहेन्द्र भट्टराई, कोषाध्यक्षमा सारदा आ.वि.का प्रधानाध्यापक विमला शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
यस्तै सदस्यहरुमा चित्ररम्भा आ.वि. का प्रधानाध्यापक राम ब. छिनाल, अमर आ.वि. का प्रधानाध्यापक हिमलाल पौडेल, विद्याविनोद मा.वि. का प्रधानाध्यापक माधव भुसाल रहनुभएको छ ।
यस्तै आज भएको प्रधानाध्यापकहरुको भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।
गठित सल्लाहकार समितिको संयोजकमा शिवमदन माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेद्र पौडेल रहनुभएको छ । यस्तै सदस्यहरुमा जनसेवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासे, देवि प्रभाव माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरे, ठुलापोखरा आधारभुत बिद्यालयका प्रधानाध्यापक रेनुकान्त घिमिरे र सिद्ध माध्यमिक बिद्यालयका प्रधानाध्यापक खिन्तविर उचै रहनु भएको छ ।
कार्यक्रम पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यमा सप्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिती न्यौपाने सहित उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा अधिकृत तेज बहादुर खनाल, प्यानका प्रदेश सचिव शङ्कर अर्याल, जिल्ला अध्यक्ष नाम बहादुर सिंह भाट, पेशागत संघ , सङ्गठनको तर्फबाट कृष्ण प्रसाद घिमिरे र मीन बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम गोबिन्दराज पन्थिको अध्यक्षता र बिष्णु प्रसाद पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।