३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

गरिबी निवारणका लागि लघु उद्यम विकास अभिमुखीकरण कार्यक्रम पणेनामा सम्पन्न

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनामा  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पाणिनी गाउँपालिकाको आयोजना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन हुने यो कार्यक्रम चरणबद्ध रूपबाट अगाडि बढ्ने पाणिनी  गाउँपालिका उद्योग विकास शाखाका  कर्मचारी तथा उद्योग विकास सहजकर्ता दिनेश शर्माले जानकारी दिनुभयो। कार्यक्रम विभिन्न चरणहरू पार गर्दै तीन महिनासम्म चल्नेछ। कार्यक्रम पाणिनी  गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमलप्रसाद पोखरेलको अध्यक्षता, पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका  प्रमुख अतिथि तथा पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले कार्यक्रमको उद्देश्य विभिन्न किसिमका तालिमहरु दिई आयआर्जनको स्रोतमा वृद्धि गर्ने र आत्मनिर्भर बन्ने रहेको बताउनुभएको छ । कार्यक्रमको सञ्चालन पाणिनी गाउँपालिका वडा नं १ का वडा सचिव  गोविन्द विश्वकर्माले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार