३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष खनाल सम्मानित

अर्घाखाँची जिल्ला स्वतन्त्र पत्रकार संघका अध्यक्ष गुरुदेव खनाल रुरु क्षेत्रधाम रिडीमा भएको नेपालकै दसौं भजन महोत्सवबाट जिल्लाको उत्कृष्ट पत्रकारका रुपमा सम्मानित भएका छ्न ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रधाम रिडीमा आज भजन महोत्सव तथा करोड दिप प्रज्वलन ,दोहोरो शङ्ख बजाउने प्रतियोगिता, बृहत पित्री भण्डार चार जिल्ला अर्घाखाँची, पाल्पा, स्याङ्जा र गुल्मीका एक जिल्ला, एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान कार्यक्रम तथा पितृहरुको सम्झनामा शिवमहापुराण, पाठ पारायाण , चौरासी पुजा, चन्डी पाठ, रुद्राभिसेक कर्म, नबग्रह शान्ति लगायतका कार्यक्रम भएका थिए । उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाको हरि ॐ भजन समूह , सन्धिखर्क नगरपालिका वडा न. ११ को भजन समुह पनि प्रथम भइ, प्रथम पुरस्कार ल्याउन सफल भएको थियो । त्यसैगरि सम्मानित हुने पत्रकारहरु मध्ये अर्घाखाँची जिल्लाका उत्कृष्ट पत्रकार गुरुदेव खनाल , गुल्मी जिल्लाबाट उत्कृष्ट पत्रकार प्रेम सुनार , साथै स्याङ्जा जिल्लाबाट एकजना र पाल्पा जिल्लाबाट एकजना गरी चारजना उत्कृष्ट पत्रकार बाट सम्मानित भएका थिए ।

अर्घाखाँची जिल्लाका गुरुदेव खनाल धार्मिक क्षेत्रमा निकै रुचि राख्ने र धर्म-संस्कृतिक, बौद्धिक सनातन धर्म बचाउनको लागि निरन्तर लागिरहेका व्यक्ति पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार